Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङको विजयी यात्रा कायमै, काभ्रे १–२ गोलले पराजित

Published on 7:48:00 PM //

कविता घर्ती मगर
बागलुङ, १४ बैशाख । सि डिभिजनको राष्ट्रिय प्रतियोगितामा सहभागी हुन धनुषाको राजविराज
पुगेको बागलुङको फुटबल टोलीले शुक्रबार पनि विजयी यात्रा कायम राखेको छ

पहिलो खेलमा संखुवासभालाई १ का बिरुद्ध २ गोल अन्तरले पराजित गरेको
बागलुङले शुक्रबारको तेस्रो खेलमा काभ्रेलाई पनि १ का बिरुद्ध २ गोलले
पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जितसँगै
बागलुङ उपाधि नजिक पुगेको छ । दुई जित र १ खेल बराबरी खेली
७ अंक बनाएको बागलुङले उपाधि चुम्नका लागी सप्तरीलाई जित्नुपर्नेछ ।
बागलुङमा हालै सम्पन्न पश्चिमाञ्चल क्षेत्रिय फुटबल लीग प्रतियोगितामा
पाल्पालाई पराजित गर्दै राष्ट्रिय प्रतियोगिताको यात्रा तय गरेको बागलुङले
आगामी १५ गते आइतबार सप्तरीसँग खेल्दैछ । काभ्रेलाई पराजित गर्न बागलुङे
स्ट्राइकर प्रमल थापाले दुई गोलको योगदान गरेका थिए ।
बागलुङका रक्षा पंक्तिमा रहेका खेलाडीले डि बक्समा फल गरेपछि काभ्रेले
पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काभ्रेका
खेलाडी साजन प्रधानले काभ्रेका लागि सान्त्वना गोल गरेका थिए ।
सि डिभिजनको राष्ट्रिय फुटबल लिगमा बागलुङ, संखुवासभा, बर्दिया, सप्तरी र
काभ्रेपलाञ्चोकले सहभागिता जनाएको अखिल नेपाल फुटबल संघ एन्फा बागलुङका
सहायक प्रशिक्षक भीम बोहराले जानकारी दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग