Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 9:27:00 PM //


-कुसुम गैरे

तिमीले जस्तै अन्त माया गाँस्न साकिन म
अतितका ति पाना च्याती हास्न सकिन म

अझै ताजा रहेका छन चोटहरु मुटु भित्र
नुन-चुक लगाई आलो घाऊमा बाँच्न सकिन म

जब सारा खुशी लुटेउ आशुँहरु बग्न थाले
सम्झेँ अतित तिमीले जस्तै मास्न सकिन म

भमराले चुमे जस्तै अर्को फुल रोज्यौ तिमी
बैगुनीले जस्तै डाली लाछ्न सकिन म

तम्घास, गुल्मी ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग