Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यूत नियमित नहुँदा परीक्षाको तैयारी गरिरहेका विद्यार्थी मर्कामा

Published on 8:21:00 PM //

पि.एम.मगर
गुल्मी, वैशाख १६ । परीक्षा नजिकै आईरहेका वेला सधै रातमा विद्युत जाँदा आफुहरु ठुलो मर्कामा परेको गुल्मीको पृथ्वी उच्च माध्यमिक विद्यालय, पुर्कोटदहका विद्यार्थीहरुले गुनासो गरेका छन् । भोलीदेखि शुरु हुन लागेको कक्षा १२ को परीक्षाका लागि आफुहरु केही समयदेखि परीक्षा केन्द्र वस्तु गाविसको हिमालय उच्च माध्यमिक विद्यालय नजिकै वसी परीक्षाको तैयारी गरिरहेका वेला रातमा लगातार जाने विद्युतका कारण आफुहरु मर्कामा परेको उनीहरुले वताएका छन् । परीक्षा नजिकै आईरहेका वखत त्यसको तैयारीलाई विशेष जोड दिनुपर्ने आफुहरुलाई लागेपनि रातमा विद्युत नआउनाले आफुहरुलाई निक्कै वाधा पु¥याएको विद्यार्थी धु्रर्वप्रसाद घिमिरेले वताउनुभयो। विद्यार्थी घिमिरेले रातमा विद्युत सञ्चालनका लागि ध्यान दिन संवन्धित निकायसँग आग्रह समेत गर्नुभयो । परीक्षाको तैयारीका लागि भन्दै आफुहरुले खाना नवनाई होटलमा खाना खाने गरेको वताउँदै उनीहरुले रातमा मैन वत्ती वालेर अध्ययन गर्न वाध्य भएको वताएका छन् । उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा १२ को वार्षिक परीक्षा भोलीदेखि शुरु हुँदैछ । भोली पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग