Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लाखौ रुपैयांको बिद्युत ट्रान्सफर्मर बेवारिशे

Published on 12:32:00 PM //


सीता भण्डारी
गुल्मी, १६ वैशाख । विगत २ बर्षदेखी अर्घाखांची स्थीत मरेङ गाविस ७ काफलखर्कको सार्वजनिक स्थानमा लाखौ रुपैयांको बिद्युत टन्सफर्मर बेवारिशे अवस्थामा रहेको छ ।
अर्घाखांचीका विभिन्न गाविसमा विद्युत सेवा नपुगेका बेला प्राधिकरणले लाखौको विद्युतको ट्रासन्फर बेवारिशे बन्दा समेत वेवास्ता गरेको हो । २ बर्ष अगाडी विद्युत प्राधिकरण सन्धीखर्कबाट विद्युतको लाइन विस्तार गरी उपभोक्तालाई थप सुविधा दिने बताएपनि हालसम्म कुनै काम नहुंदा स्थानीयले सास्ती पाएका छन् । अहिलेसम्म कम क्षमताको ट्रान्सफरका कारण आफुहरुले डिम (मधुरो) लाइट प्रयोग गर्न बाध्य हुंदा समेत प्राधिकरणले बेवास्ता गरेको स्थानीय फर्सुराम पाण्डेको भनाइ छ । अर्घाखाँची जिल्ला लोडसेडिगं मुक्त केही जिल्ला भित्र रहेपनि स्थानीयले भने सहज रुपमा विद्युत सेवा नपाएको गुनासो छ । उता जिल्ला विद्युत प्राधिकरण अर्घाखाँचीले भने अन्यत्र जान लागेको ट्रान्सफर स्थानीयले रोकेर राखेकाले काम अगाडी बढाउन नसकेको दावी छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग