Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्टरनेट क्याफेमा आगो लाग्दा १३ को मृत्यु, ५० भन्दा बढी घाईते

Published on 12:30:00 PM //


वेइजिङ, वैशाख २ (एजेन्सी) - चीनको सियाङग्यन सहरको एक इन्टरनेट क्याफेमा लागेको आगोमा परी १३ को मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन्।
चीनको हुवाई प्रान्तको यो सहरमा रहेको इन्टरनेट क्याफेबाट फैलिएको आगो होटलमा सल्किएको छ। होटलका गेस्टहरुको उद्दार जारी छ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार होटलका ५० मध्ये ४२ कोठामा मानिसहरु थिए। होटलको दोस्रो तल्लामा रहेको रहेको इन्टरनेट क्याफेमा लागेको आगो ५ तल्ले भवनको माथितिर फैलिएको थियो।
आगलागीको कारण पहिचान भइसकेको छैन। चाइना न्युज सर्भिस टेलिभिजनले होटलका झ्यालबाट निस्किएको धुवाँको मुस्लोको भिजुअल देखाएका छन्। भिजुअलमा अग्नी नियन्त्रकहरु डोरीमा झुन्डिएर आगो निभाउन र उद्दारमा खटिएको देखिएको छ।
कतिपय कोठाका महिला र पुरुषहरु उद्दारका लागि झ्यालमा उभिएका छन्। उनीहरु आगो सल्केर आफू बसेको स्थानमा पुग्ला भन्ने त्रासमा रहेका छन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग