Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाँदबारीमा भीषण आगलागी, ४ घर जलेर नष्ट

Published on 12:46:00 PM //


संखुवासभा, वैशाख २ - संखुवासभा सदरमुकाम खाँदबारीमा सोमबार बिहान भीषण आगलागी भएको छ । आगलागीबाट ४ वटा घर पुर्णरुपमा जलेर नष्ट भएको छ । मानवीय क्षति भएको छैन ।

आगलागीवाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । विहान ३ बजे एक्कासि कृष्णमान शाक्यको घरवाट अगोको मुस्लो निस्किएको थियो । आगलागीबाट भरत श्रेष्ठ, दीनेश श्रेष्ठ, रामकाजी राई र कृष्णमान शाक्यको घर जलेर नष्ट भएको हो । आगोमा परेर कृष्णमानको ७ लाख रुपैयाँ जलेको छ ।

क्षति भएका ४ वटै घरमा भएका इलेक्ट्रोनिक्स, जुत्ता र मोवाईल पसल जलेको छ । आगो करिव ४ घण्टापछि नियन्त्रणमा लिईएको छ ।
खाँदबारी बजारमा सोमबार बिहान भएको आगलागी ।
तस्विरः दीपेन्द्र शाक्य

एक्कासि आगलागी भएपछि चिच्याहाट र भागडौड मच्चिएको थियो । आगो निभाउन ५० सेना, जनपथ र सशस्त्र प्रहरी गरि १ सय ५० जना तथा १ हजार बढी स्थानीयवासीन्दा सहभागी भएका थिए । खाँदबारीमा दमकल नभएका कारण आगो निभाउन समस्या भएको थियो । आर्मी क्याम्पमा भएको १ लाख लिटर क्षमताको ट्याङकीको पानी प्रयोग गरिएको थियो ।

हिले, धरान र विराटनगरवाट दमकल ल्याउने सम्भावना नदेखिएपछि स्थानीयबासीमा त्रासि देखिएको थियो । आगो निभाउन स्थानीयले घरघरबाट पानी बोकेका थिए । वजारका अन्य क्षेत्रमा आगो सल्किने सम्भावना बढेपछि नेपाली सेनाको बराहदल गुल्म, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले आगो फैलन नदिन रमेश विकको घर भत्काएका थिए ।

खाँदबारी नगरपालिकासंग स्थानीयले पटकपटक दमकलको माग गरेको भएपनि बेवास्ता गरेको स्थानीयले बताएका छन् । अगो निभाउन ट्याक्टर र ट्रकको प्रयोग गरेर सभा र अरुण खोलावाट समेत पानी ल्याइएको प्रहरी नायव उपरीक्षक रुपम लामाले बताए । आगो कसरी लाग्यो भन्ने पत्ता नलागेको उनले बताए । आगलागीमा लत्ता कपडा, धान, काठपात र पसलका सवै सामाग्री नष्ट भएको छ । -कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग