Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लसुनेडाँडामा डम्पिङ साईट निमार्ण गर्ने निर्णय बिरुद्द स्थानिय बासिन्दा आन्दोलित

Published on 2:10:00 AM //


टोपलाल अर्याल
गुल्मी, जेठ ०७ । सदरमुकाम तम्घासको वडा नम्बर ८ मा पर्ने लसुने डाँडामा फोहोर फाल्ने डम्पिङ साईट निमार्ण गर्ने निर्णयपछी त्यहाँका स्थानिय बासिन्दा आन्दोलीत भएका छन् ।
पहिले सदरमुकाम तम्घासको फोहोर फाल्ने ठाउँ ओख्रेनीलाई बदलेर तम्घासका सरोकारवालाहरुले ब्यवस्थीत बनाउनको लागी लसुने डाँडामा साईट निर्माण गर्ने निर्णय गरेका थिए । यस्तो निर्णय गरिएको भन्दै कुँडापानी र बेतुखर्कका स्थानिय बासिन्दाले बिरोध गरेका हुन् । लसुनेडाँडामा फोहोर फाल्ने ठाउँ बनाउँदा स्थानिय २ गाबिसका बासिन्दालाई प्रत्यक्ष असर पर्ने भएकोले बिरोध गरेको स्थानिय समाजसेबि बिष्णु प्रसाद पाण्डेले गुल्मीन्युज डट कमलाई बताउनुभभयो ।
फोहोर मैला समितीले जवरजस्ती साईट निर्माण गर्ने निर्णय गरको त्यहाँका स्थानिय बासिन्दाको आरोप रहेको छ । स्थानिय चिन्तामणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कुनै पनि हालतमा उक्त ठाउँमा डम्पिङ साईट निर्माण गर्न नदिने निर्णय गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग