Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा झैझगडाका घटना वढ्दो

Published on 2:16:00 AM //


संगिता कुँवर
गुल्मी, जेठ ७ । गुल्मीमा प्रत्येक दिन घरेलु झै-झगडा तथा बिकृतीका घटना बढेर गएका छन् । जिल्लामा आफन्त तथा छिमेकीहरुबाट कुटिने पिटिनेको संख्या ठूलो रहेको छ । यस्ता झैँ-झगडाका घटनामा मदिराले मुख्य भूमिका निर्वाह गरेको प्रहरीको भनाई रहेको छ ।
गुल्मीमा आफ्नै छोराबाट बाबुको खुट्टा भाँचीएको, बाबुले छोरालाई बन्चरो प्रहार गरेको लगायतका खवरहरु नसेलाउँदै यस्ता घटनाहरु फेरी बढेर गएका छन् । आज मात्रै जिल्ला प्रहरी कार्यालय गुल्मीमा २ वटा कुटपिट सम्बन्धि निवेदन परेको प्रहरीले जनाएको छ । नेटा गाविस वडा नम्बर ३ का चोक बहादुर कामीले छिमेकी हिमाल घिमीरेलाई मदिरा सेवन गरेर कुटपिट गरेका छन् । घिमिरेले आज प्रहरीमा निवेदन दिनुभएको छ ।
त्यस्तै सिमिचौर ५ का मोहन बलालले छिमेकी भिम बहादुर तङनामीलाई आफ्नो जग्गामा भल हालीदिएको भनेर कुटपिट गरेका छन् । तङनामीले पनि जिल्ला प्रहरी कार्यालय गुल्मीमा आजै निवेदन दिनुभएको छ । यसरी सामान्य बिबादका घटनामा पनि कुटपिट नै हुन थालेपछि प्रहरीलाई यस्ता घटना मिलाउनको लागी हम्य-हम्य परेको प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभयो । उहाँका अनुसार गुल्मीमा यस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग