Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिता चुडिएपछि विद्युत सेवा अवरुद्ध, सञ्चालन गर्न एक हप्ता लाग्ने

Published on 1:55:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २४ । दरमखोला लघु जलविद्युत परियोजना १ को विद्युत सेवा मंगलवार विहानदेखि अवरुद्ध भएको छ । विद्युत टरवाईनको फिता चुडिएपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा गुल्मीको वामीटक्सार वजार क्षेत्रमा उपभोक्ताहरु मर्कामा पर्नुका साथै विद्युतवाट सञ्चालित उपकरणहरु समेत सवै ठप्प भएका छन् । विद्युत टरवाईनको फिता स्वीट्जरल्याण्डवाट झिकाउनुपर्ने भएकाले विद्युत सञ्चालन हुन एक हप्ता भन्दा वढी समय लाग्ने प्राविधिक दधिराम घिमिरेले वताउनुभयो । उहाँले फिता आउन करिव एक हप्ता लाग्ने बताउनुभयो । विद्युत सेवा वन्द हुँदा वैकिङ्ग कारोवार, इमेल इन्टरनेट, फर्निचर, मिल तथा मेडिकल सञ्चालकहरुका साथै शिक्षक विद्यार्थी एवं सो विद्युत योजनाका करिव ८ सय घरधुरीका उपभोक्ताहरु मर्कामा परेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग