Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्रिजकोर्ष गर्न आएकालाई स्वागत

Published on 1:55:00 AM //


संगिता कुवँर
गुल्मी, बैशाख २४ । महेन्द्र उच्च माध्यमिक बिद्यालय तम्घास गुल्मीले प्रबेशीका परिक्षा दिएर ब्रिजकोर्ष गर्न आएका बिद्यार्थीहरुलाई स्वागत गरेको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले टिका र माला लगाएर नवआगन्तुक बिद्यार्थीलाई स्वागत गर्नुभएको थियो । शिक्षक खुमानन्द घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य चुरामणि पन्थी, घनश्याम पन्थी, प्राचार्य केशर बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक राम प्रसाद पन्थीको संचालनमा सम्पन्न भएको त्यहाँबाट शालीकराम पन्थीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग