Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खराव काम गर्नेहरु मोटाउदै, राम्रो काम गर्नेहरु च्याँपिदै ः मुख्य सचिव

Published on 7:40:00 PM //

जनार्दन घिमिरे
गुल्मी ११, जेठ । नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले व्यापार व्यवसायमा आजभोली खराव काम गर्ने मानिसहरु मोटाउदै गएको र राम्रो काम गर्नेहरु च्यापिदै जान थालेको वताउनु भएको छ । उहाँले त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्नका लागि सहयोग गर्न व्यवसायीहरुमा आग्रह समेत गर्नु भएको छ ।
​गुल्मीको पवित्र धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा आज आयोजना गरिएको नेपाल औषधि व्यवसायी संघको केन्द्रिय वार्षिक साधारण सभामा वोल्दै मुख्य सचिव पौडेलले उक्त कुरा वताउनु भएको हो । उहाँले कर्मचारी भित्र को वढी घुस्याहा र को वदुमास छ भन्ने वारेमा व्यापारिलाई थाहा हुने र व्यापारि भित्र पनि को वढी घुस्याहा र वदुमा छ भन्ने वारेमा कर्मचारीहरुलाई थाहा हुने भए पनि एक अर्काले कसैले कसैको वारेमा पोल नखोल्ने भएका कारण सरकारलाई त्यस्ता व्यक्तिहरुको पहिचान गर्न समस्या पर्ने गरेको वताउनु भयो ।
उहाँले खराव प्रवृतिका व्यक्तिहरुलाई कार्वाहि गर्नका लागि व्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्न सके मात्र राम्रो काम गर्ने व्यवसायीहरुले देशमा लगानि गर्न सक्ने वातावरण श्रृजना हुने वताउनु भयो । श्रमको सम्मान गर्न नसकेका कारण देशको ठूलो युवा शक्ति धनको लागि खाडिमा गएर भेडा चराएर वस्न वाध्य वनेको भन्दै उक्त युवा शक्तिलाई श्रम प्रति आकर्षीत गर्नका लागि राजनैतिक दलहरुले जागरण ल्याउनु पर्ने वताउनु भयो ।
मुख्य सचिव पौडेलले राजनैतिक दलहरुलाई पार्टि चलाउनका लागि कसैसंग चन्दा मागेर हैन, आफ्नो संगठनमा भएका सयौं युवा शक्तिलाई लगानिको वातावरण श्रृजना गरि उत्पादन मुलक कार्यमा लगाउन समेत आग्रह गर्नु भएको छ । श्रमको सम्मान र आफ्रनो पनलाई माया गर्न सके मात्र देशको विकासमा ठूलो टेवा पुग्ने उहाँले दावी गर्नु भयो । उहाँले आजै जिल्ला सहकारी संघ र कोसेली घर सहकारी संघ गुल्मीले संचालन गरेको जिल्ला कोसेली घरको समेत उद्घाटन गर्नु भएको थियो ।





Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग