Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानीको मुहान सक्न थालेपछि स्थानीय चिन्तित

Published on 3:48:00 PM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ११ । गुल्मीको घमिर गाविस वार्ड नं. ९ मा रहेका पानीका मुहानहरु यतिवेला सक्दै  जान थालेका छन् । गाउँ नजिकैका खानेपानीका मुहानहरु सुक्न थालेपछि स्थानीयवासी चिन्तित वनेका छन् । स्थानीयवासीले प्रयोग गर्दै आईरहेको वार्ड नं. ९ मा रहेको सुनपते, खड्गरे, राम्चे, खड्गरे पानी, गुल्दे लगायतका मुहानहरु सुक्दै गईरहेको स्थानीय विनवहादुर अर्यालले वताउनुभयो । गाउँमा वितरित पानीका धाराहरुमा प्रशस्त मात्रा पानी नआउँदा आफुहरुले सोही पानीका मुहानवाट पानीको उपभोग गर्दै आईरहेको वताउँदै उहाँले अहिले मुहान सुक्न थालेपछि स्थानीयलाई चिन्तित वनाएको वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग