Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्तमान समयमा संबिधानसभाको चुनाव हुँदैन ः भुसाल

Published on 2:52:00 PM //


विशाल भट्टराई
गुल्मी, ६ जेठ । नेकपा एमालेका  केन्द्रिय सदस्य घनश्याम भुसालले वर्तमान समयमा संबिधानसभाको निर्वाचन नहुने बताएका छन् । देशमा एकिकृत नेकपा माओबादी र मधेशी मोर्चा संबिधान बन्न नदिनको लागी उद्वत रहेकोले आगामी संबिधानसभा निर्वान हुन नसक्ने उनको भनाई रहेको छ । ‘उनीहरु देशमा जातीयता लाद्न चहान्छन्, यदि उनीहरुको बहुमत आउने अवस्था भयो भने मात्रै उनीहरु निर्वाचनको लागी तयार हुनेछन्, उनले भने ‘तर एमाले कांग्रेस जस्ता शक्ति शक्तिशाली बन्ने अवस्था भयो भने उनीहरु चुनाव भाँड्नेछन् ।’
एकिकृत नेकपा माओबादी भारतको ईसारामा चलेको र भारत नेपालमा संबिधानसभाको चुनाव गराउन नचाहेकोले नेपालमा दोस्रो संबिधानसभा निर्वाचन नहुने उनको भनाई रहेको छ । नेपाल बुद्धिजिवी परिषदले गत शुक्रबार पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रीतको २० औँ स्मृती दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा यस्तो बताएका हुन । एकिकृत नेपा माओबादी सहितको बिखण्डनबादी समुह भारतलाई देश सुम्पिनको लागी मधेशमा दुई प्रदेश र देशभर जातिय राज्य स्थापनाको लागी लागी परेकोले आगामि संबिधानसभा चुनाव नहुने उनको तर्क रहेको छ ।
एकीकृन नेकपा माओबादी अध्यक्ष प्रचण्डले तराईमा दुई प्रदेश बनाएर भए पनि एकपटक राष्ट्रपति बन्ने आशा राखेकोले चुनाव भईहाले पनि जनताका मुद्धाले जित्ने सम्भावना कम रहेको उनले बताए । सहज रुपमा चुनाव भएपनि एकिकृत माओबादी लगायतका बिखण्डनबादी समुह भारतको ईसारामा फेरी पनि जातिय राज्य बनाएर अगाडि बढ्न खोज्ने भएकोले संबिधान नबन्ने कुरामा उनले ठोकुवा गरे । एकिकृत नेकपा माओबादी संग अवैधानीक रुपमा कमाएको करिव ३० अर्व पैसा रहेको बताउँदै उनले अवको निर्वाचनमा माओबादीको पैसाले देशमा रक्तपात मच्याउने उनको भनाई रहेको छ ।
अर्को फरक प्रसंगमा उनले बाबुराम भट्टराईलाई सत्ताबाट हटाउनै पर्ने स्थिति रहेकोले खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएको बताए । तर अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई सिफारीस गरेको एमाले नेतृत्वले पहिले गल्ति गरेको उनले गल्ति स्विकारेका छन् । तर पछि खिलराज रेग्मी र राष्ट्रपतिले गल्ति गरेको उनको आरोपछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग