Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घमिरमा खानेपानी उपभोक्ता समुहको अन्तरकृया सम्पन्न

Published on 10:48:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ३ ।  दधिलेखर्क अस्र्याङ्ग खानेपानी उपभोक्ता समुह, घमिर गुल्मीको भेला शुक्रवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई कोष विकास आयोजना फन वोर्डको आर्थिक सहयोग तथा उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको संयोजनमा सञ्चालन गरिएको उक्त खानेपानीको विकास चरण कार्यक्रमको अनुगमन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि फन वोर्ड नेपालकी कार्यक्रम व्यवस्थापन अल्का श्रेष्ठले विकास चरणका कार्य पुर्ण रुपमा सम्पन्न भएकाले कार्यान्वयन चरणमा तैयार रहन सवै उपभोक्तालाई आग्रह गर्नुभएको थियो ।  घमिर गाविसको वार्ड नं. ३, ४, ६, ७, ८ र ९ लाई लक्षित गरी सञ्चालन गर्न लागिएको उक्त आयोजनावाट कुल १ सय ३ घरधुरीका उपभोक्ताहरु प्रत्यक्ष लाभाम्वित हुने वताईएको छ । कार्यक्रममा उत्पीडित समुदाय उत्थान केन्द्रका कार्यक्रम संयोजक छविलाल विश्वकर्मा, सामुदायिक प्राविधिक हुमलाल पाण्डे, सामुदायिक कार्यकर्ता कमला राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष टेकवहादुर विश्वकर्माको अध्यक्षता तथा सचिव राजेन्द्र पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग