Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति समितिको गाउँ समिति विस्तार अभियान जारी

Published on 1:25:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २० गते । स्थानीय शान्ति समिति गुल्मीको आयोजनामा शुक्रवार जिल्लाको अमर अर्वाथोक गाविसमा गाविस स्तरीय शान्ति समितिको गठन गरिएको छ ।
नवगठित समितिको संयोजकमा नेपाली काँग्रेसका लिलावहादुर श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा एकीकृत नेकपा माओवादीका अर्जुन कण्डेल, नेकपा एमालेका नारायण श्रेष्ठ, महिला सदस्य देवी श्रेष्ठ, द्धन्दपीडित रुद्रवहादुर वुचा रहनुभएको छ । त्यस्तै आमन्त्रित सदस्यहरुमा सुर्यवहादुर पौडेल, हेमवहादुर दर्लामी, प्रेम महत, घनश्याम कण्डेल, जगवहादुर सनारी, गंगा श्रेष्ठ, विष्णु श्रेष्ठ, रोमनाथ अर्याल र कविराज कण्डेल रहनुभएको छ । कार्यक्रममा शान्ति समितिका पुर्व जिल्ला संयोजक युवराज के.सी.ले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै शान्ति समितिको गठन, यसको उद्धेष्य तथा फाईदा लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । त्यस्तै अर्का पुर्व जिल्ला संयोजक शालिकराम पन्थीले नवगठित समितिका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भेलामा सहभागीहरुले विभिन्न जिज्ञासाहरु समेत राखेका थिए । सहभागी काशीनाथ उपाध्ययले पहुँच भएकाले मात्रै राहत रकम पाउन सकेको तर वोल्न एवं पहुँच नपुग्नेहरुले भने पीडा खप्न वाहेक अरु केही राहत नमिलेको गुनासो गर्नुभएको थियो । त्यस्तै सहभागी रुद्रवहादुर वुचा र धनप्रसाद श्रेष्ठले त्यस क्षेत्रवाट राहात रकमका लागि २ जनाको नाम सिफारिस गरिएको भएपनि प्रहरीले भने १ जनाको मात्रै मुचुल्का पठाएर पक्षपात गरेको गुनासो गर्नुभएको थियो । शान्ति समितिका कार्यालय सचिव अनिता घिमिरेले जिल्लामा दुवै जनाको नाम आएको र प्रहरीमा पनि ती नामहरु गएको तर मुचुल्का भने एक जनाको मात्र आए अनुसार मन्त्रालयवाट पनि १ जनाको मात्र राहत रकम आएको वताउनुभयो । गाविस सचिव कृष्णप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सचिव अनिता घिमिरेले गर्नुभएको थियो ।



Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग