Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कविता

Published on 3:34:00 AM //


कल्पना पौडेल "जिज्ञासु"

तिमी पनि मानब,
म पनि मानब
तर तिमीलाई मैले छुन सक्दिन
हाम्रो जात फरक छ रे !
आत्मियता दर्शाउँदै
प्रेमको अनुभुतिमा खुशीले
बिभोर हुँदै
तिमीलाई अँगालोमा कस्न सक्दिन,
न त हात मिलाउन सक्छु,
न त दुई हात जोडेर
शिष्टता नै गर्न सक्छु !
किनकी हाम्रो बर्ग,
हैसियत, प्रतिष्ठा सबै,
धेरै फरक छ रे !
तिमी दलित हौँ,
गरीब छौ,
तिरस्कृत छौ,
त्यसैले त,
अपहेलित र अपमानित,
भएर हेपिन्छौ ।
म इमान र जमान
अनि नैतिकताको कंगाल छु !
र पनि प्रतिष्ठाको निकै धनी छु,
किनभने
म ब्राह्मण हुँ !
हाम्रो अन्न-पानी नुन एउटै छ !
खुन एउटै छ !
तर हामी दुई मान्छे बिचमा,
यती धेरै फरक किन ?

सबै एक दिन मरेरै जानु पर्छ'
हामीले टेक्ने धर्ती एउटै,
जुन तारा चन्द्र आकाश एउटै,
अनी के मनुष्य बिचमा,
मन, भाबना र आत्मा कसरी फरक?
हैसियत, मूल्य र प्रतिष्ठा,
फरक भएका !
आचरण,
इमान,
जमान,
र नैतीकता फरक भएका मानब,
एक धर्तिमा बसेका छन ।
र हामी कसरी फरक ?
कस्ले दिन्छ यस्को
जवाफ?


 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग