Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय मुलकी १८ वर्षे युवतीको चमत्कार

Published on 6:52:00 PM //

न्युयोर्क । मोबाईलको व्याट्री फुल चार्ज गर्न धण्टौंसम्म कुर्नुपर्ने अवस्थाबाट मुक्ति पाईने भएको छ । भारतीय मुलकी १८ वर्षे अमेरिकी युवतीले २० सेकेण्डमा नै मोबाईल तथा स्मार्टफोन फुलचार्ज गर्न सक्ने उपकरणको विकास गरेपछि यस्तो अवस्था आएको हो । ईसा खरेले आप्mनो आविष्कारका लागि इन्टेल फाउण्डेसनको योङ साइन्टिस्ट पुरस्कार समेत पाएकि छन् ।
पुरस्कार बापत उनले ५० हजार डलर पाएकि छन् । ईसाले अविष्कार गरेको सो उपकरण मोबाईल तथा स्मार्टफोनको व्याट्रिमा लगाउनु पर्छ । उपकरण लगाएपछि २० देखि ३० सेकेण्डको समयमा मोबाईल वा स्मार्टफोन फुलचार्ज हुनेछ । इन्टेलकाअनुसार यो सानो आकारको उपकरणले व्याट्रि चार्ज गर्दा छिटोका साथै टिकाउ समेत हुनेछ । सुपर क्यापासिटर नाम दिइएको सो उपकरणले चार्ज गर्दा व्याट्रि १० हजार पटक सम्म चार्ज गर्न सकिन्छ । हालको प्रविधिमा व्याट्रिहरुको औसत चार्ज चक्र एक हजार मात्रै छ । आफ्नो स्मार्टफोनको व्याट्रि छिट्टै सकिने समस्याकाकारण उत्प्रेरीत भएर नयाँअविष्कार गरेको ईशाले बताएइन् ।
यो आविष्कारले उर्जा तथा समय दुवैको बचत गर्नुका साथै मोबाईल प्रयोगकर्ताको लागत समेत कम गर्ने छ । हालसम्म बजारमा कुनै कम्पनीले यस्तो उपकरणसाहितको मोबाईल सेट बजारमा ल्याएका भने छैनन् । सन् २०१५ सम्ममा यस्ता उपकरण जडित स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग