Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 6:30:00 PM //



-कल्पना पौडेल "जिज्ञासु"

सपनिमा गजल फुर्दा निदरिमै जाग्दी रैछु
आँखा मिच्दै स्वामीसँग कलम कापी माग्दी रैछु

अन्धकार छ कोठाभरी जुन ताराको उज्यालोमा
बिना मेसै रफिद लेख्दा काफिया पो राख्दी रैछु

लेख्दै मेट्दै रातैभरी मन भित्रका भावनाहरु
नशा झैँ साहित्य रस अमृत मानि चाख्दी रैछु

मध्य रातको चिसो हावा झ्याल भित्र छिरेपछी
उडाई दिँदा पेपर त्यो छोप्न पछी भाग्दी रैछु

बच्चा जस्तो स्वभाव छ यस्तै हर्कत गर्दा खेरी
चुल्बुलपनमा प्रियलाई साह्रै प्यारि लाग्दी रैछु


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग