Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय भन्दा वाहिर कोही वालवालिका रहेनन्

Published on 3:21:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २० गते । गाउं शैक्षिक समिति मरभुङ्ग गुल्मीले यस शैक्षिक सत्रमा कुनै पनि वालवालिकाहरु विद्यालय भन्दा वाहिर नरहेको दावी गरेको छ । शुक्रवार समितिले मरभुङ्गको सिमलटारीमा एक कार्यक्रमको आयोजना गरी विद्यालय भर्ना अभियान सञ्चालन पछि आफ्नो गाविसमा कुनै वालवालिकाहरु विद्यालय वाहिर नरहेको घोषणा गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय गुल्मीका उपसचिव भोजवहादुर के.सी.ले विद्यालय भर्ना अभियानलाई सफल वनाएकोमा बधाई तथा धन्यवाद दिनुभएको थियो । साथै उहांले मरभुङ्ग गाविसको शैक्षिक पाठ जिल्लाका सवै गाविसका विद्यालयहरुले पनि अवलम्वन गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल सरकारले लागु गरेको शिक्षा राम्रो शिक्षा भएतापनि हाम्रो शिक्षा हुन नसकेको वताउंदै कार्यक्रममा वोल्दै प्रमुख अतिथि के.सी.ले आजको शिक्षा राम्रो होईन हाम्रो हुनुपर्ने अनिवार्य रहेको वताउनुभयो । सवै वालवालिकाहरुलाई शिक्षाको समान अवसर प्रदान गर्न “विद्यालय वाहिर रहेका वालवालिकाहरुलाई विद्यालयसम्म पु¥याउ, विशेष भर्ना अभियान शुरु गरौं” भन्ने मुल नाराका साथ जिल्ला शिक्षा कार्यालय लागिरहेको वताउंदै के.सी.ले यस अभियानलाई सफल वनाउन सवै लाग्नुपर्नेमा जोड दिनुभयो । गाउं शैक्षिक समितिले सञ्चालन गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत अन्तिम चरणमा विद्यालय वाहिर रहेका ५ वर्षदेखि १२ वर्ष उमेर भित्रका दलित समुदायका १० र अन्य १० गरी २० जना गरी वालवालिकाहरुलाई आज सोही कार्यक्रमवाटै विद्यालयमा भर्ना गरी विद्यालय प्रवेश गराईएको समिति सदस्य एवं मालिका उच्च माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।
बागलुङको बुर्तिबाङमा रुखबाट लडेर एक व्यक्तिको ज्यान गएको छ । आज बिहान घांस काट्ने क्रममा रुखबाट लडेर घाईते भएका बुर्तिबाङ २ टारीखेत निबासी ४१ बर्षिय बमबहादुर महतको उपचारको क्रममा मृत्यु भएको हो । बुर्तिबाङ स्थित वुर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग