Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक उन्वयन केन्द्र गुल्मीले प्रकाशित गर्‍यो १ देखी ५ सम्मका पुस्तक

Published on 3:25:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २० गते । शैक्षिक उन्वयन गुल्मीको आयोजनामा शुक्रवार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक उन्वयन केन्द्र गुल्मीद्धारा प्रकाशन गरिएको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकको आज एक कार्यक्रमका विच प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका उपसचिव भोजवहादर के.सी.ले विमोचन गर्नुभएको थियो ।
पुस्तकको विमोचन गर्दैै प्रमुख अतिथि उपसचिव के.सी.ले पाठ्यपुस्तकले केवल यस क्षेत्रमा मात्र नभई जिल्लाभर विस्तार हुन सकोस भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उहाँले पुस्तक तैयार गर्नका लागि खटेर लाग्नुभएका ७ जना लेखकहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखाअधिकृत हरिलाल अर्याल, श्रोत व्याक्ति खिमवहादुर महत, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, शिक्षक संगठनका अध्यक्ष रोहित भण्डारी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नित्यानन्द अर्याल, अखिल नेपाल शिक्षक संगठन वैद्य पक्षीय प्रतिनिधी रमेश गिरी, प्रधानाध्यापकहरुको तर्फवाट पृथ्वी उच्च माध्यमिक विद्यालय पुर्कोटदहका प्रधानाध्यापक अर्जुनप्रसाद अर्याल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रेसुङ्गा माध्यमिक विद्यालय तमघास गुल्मीको प्रधानाध्यापक समेत रहनुभएका नेपाल शिक्षक संघका अध्यक्ष भण्डारीले यो पुस्तक अहिलेदेखि नै आफ्नो विद्यालयमा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा त्यस उन्वयन केन्द्र अन्तर्गतका २ सय २० विद्यालयका प्रधानाध्यापक तथा विद्यालय प्रतिनिधी, विद्यालय निरीक्षक, श्रोत व्याक्ति, पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु लगायतको पनि विशेष उपस्थिति रहेको थियो । सोही कार्यक्रममा विद्यालय भन्दा वाहिर रहेका विद्यार्थीहरुलाई मालिका उच्च माध्यमिक विद्यालयका सहप्राचार्य दुर्गाप्रसाद अर्यालले हातमा समाई विद्यालय प्रवेश गराउनुभएको थियो । ति विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका उपसचिव के.सी.ले फुलमाला तथा अविरले स्वागत गर्नुभएको थियो ।
शैक्षिक उन्वयन केन्द्रका अध्यक्ष चुरामणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मेघराज खनालले स्वागत मन्ततव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन केन्द्रका सचिव दुर्गाप्रसाद आचार्यले गर्नुभएको त्यहाँवाट सहकर्मी नरनारायण अर्यालले जानकारी दिनुभएको छ । कार्यक्रममा उन्वयन केन्द्रकोतर्फवाट प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । इन्नोभेट कम्युनिकेटिभ इङ्गिश वुक नामको कक्षा १ देखि ५ सम्मको उक्त पुस्तक कृष्णवहादुर जिसी, वासु घिमिरे, इश्वरी अर्याल, कृष्णप्रसाद अर्याल, डोर विक्रम श्रीस, यज्ञप्रसाद ज्ञवाली र भुमवहादुर घर्ति मगरले संयुक्त रुपमा तैयार पार्नुभएको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग