Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जेष्ठ १४ देखि १६ गतेसम्म

Published on 12:15:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २६ गते । गुल्मी जिल्लामा यही आउँदो जेष्ठ १४ देखि १६ गतेसम्म चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले विहीवार चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मिति तय गरेको हो ।
जिल्ला खेलकुद विकास समितिको कार्यालय तमघासमा भएको छलफल कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, एकीकृत माओवादीका गिरीराज पाण्डे, नेकपा एमालेका सोमनाथ सापकोटा, नेकपा माअ‍ोवादीका सविता क्षेत्री, राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत वावुराम पल्ली, गैर सरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णुप्रसाद भण्डारी, जिल्ला खेलकूद विकास समितका पुर्व अध्यक्ष श्रीप्रसाद भलामी, नेपाल व्याडमिण्टन संघका अध्यक्ष महेश काउछाको उपस्थिति रहेको थियो ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका वालकृष्ण श्रेष्ठ, गुरुगोरख गणका गुल्मपति सेनानी दिलविक्रम सुव्वा, प्रहरी निरीक्षक निशान्त श्रीवास्तव, जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकृत भोजवहादुर के.सी, तम्घास गाविसका गाविस सचिव दोर्णराज पन्थी, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सम्मेलन समिति सदस्य प्रेम सुनार, प्रेस चौतारी नेपालका शिव सुवेदी लगायतको पनि विशेष उपस्थिति रहेको थियो । चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि अहिलेदेखि नै लाग्नुपर्ने भन्दै यसका लागि सवैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्ने सहभागीहरुले वताएका छन् ।
जिल्ला खेलकूद विकास समिति गुल्मीका अध्यक्ष गोविन्द विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य नवराज खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन समितिका उपाध्यक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग