Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँखा उपचार केन्द्र उपशाखाको भवन शिलान्यास आज हुँदै

Published on 8:12:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २७ गते । नेपाल नेत्र ज्योति संघ प्राथमिक आँखा उपचार केन्द्र वामीटक्सार गुल्मीको निर्माण हुन लागेको भवनको आज शुक्रवार एक कार्यक्रमका विच शिलान्यास गरिँदैछ ।
नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव प्रध्यापक डा. तीर्थ मिश्रले केन्द्रको उक्त भवनको शिलान्यास गर्नुहुने केन्द्रले जनाएको छ । वामी गाविस २ मा रहेको हेल्थ पोष्टको भवन नजिकै करिव एक रोपनी जग्गामा उक्त भवनको निर्माण गर्न लागिएको हो । विहान ९ वजे शिलान्यास गरिने कार्यक्रममा नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष भरतवहादुर चन्द लगायत जिल्लाका विभिन्न राजनीति दल, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायतको विशेष उपस्थिति रहने वताईएको छ ।
नेपाल नेत्रज्योति संघ भैरहवा अन्तर्गत गत वर्षको पौष ५ गतेदेखि नियमित रुपमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । केन्द्रले यसलाई भविष्यमा आँखा अस्पतालको रुपमा स्थापना गरी गुल्मी र वाग्लुङ्गका गरी करिव ४० गाविसका जनतालाई सेवा दिने उद्धेष्य राखेको जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग