Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडक्रस दिवसको अवसरमा जिल्लाभर बिबिध कार्यक्रम सम्पन्न

Published on 10:47:00 PM //


सँगिता कुवँर
गुल्मी, बैशाख २५ । विश्व रेडक्रस दिवसको अवसर महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घास गुल्मीमा सडक नाटक प्रर्दशन गरिएको छ । विभिन्न विपदको अवस्थमा अपनाउनुपर्ने सावधानी लगायतका विषयवस्तुमा आधारित रहेर सडक नाटक प्रस्तुत गरिएको थियो ।

त्यस्तै दिवसकै अवसरमा चित्रकला तथा नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको विद्यालयले जनाएको छ । दिवसकै अवसरमा विहान तम्घास वजारमा गरिएको चन्दा संकलनवाट ९ हजार ४ सय ३३ रुपैया संकलन भएको जुनियर रेडक्रस सर्कलका अध्यक्ष नवीन पाण्डेयले जानकारी दिनुभयो । यो रकम विभिन्न दैविक प्रकोपमा परेका व्यक्तिहरुको सहयोगार्थ खर्च गरिने उहाँले वताउनभयो । जुनियर रेडक्रस सर्कलका अध्यक्ष नवीन पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य केशरवहादुर थापाले विद्यालयलमा रेडक्रसको भुमिकाको विषयमा प्रकास पार्नुभएको थियो । त्यसैगरी शिक्षक नायक पिताम्वर पन्थीले रेडक्रस दिवसको औचित्य र सह शिक्षक नायक वावुराम मरासिनीले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जिवनी र रेडक्रसको उदयको विषयमा प्रकास पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन जुनियर रेडक्रस सर्कलका सविच सञ्जय श्रेष्ठले गर्नुभएको थियो । बिश्व रेडक्रस दिबसको अबसरमा सिद्धवावा उच्च माध्यामिक बिद्यालय तम्घास गुल्मीमा माध्यामिक विद्यालय स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कञ्चनजङगा सदन प्रथम, अन्नपुर्ण सदन द्धितिय र सगरमाथा सदन तृतिय भएको बिद्यालयले जनाएको छ । जुनियर रेडक्रस सर्कलकी अध्यक्ष बबिता कुवँरको अध्यक्षतामा सम्पन्न्न कार्यक्रममा प्राचार्य डोर बिक्रम श्रीसको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सर्कलकी सदस्य सुस्मीता थापाको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

रेडक्रस दिबसकै अबसरमा हिमालय उच्च माध्यामिक बिद्यालय धुर्कोट रजस्थलमा पनि कबिता लेखन प्रतियोगिता सम्पन्न्न भएको छ । प्रतियोगितामा मुना भण्डारी प्रथम, युवराज जिसी द्धितिय, रक्षा भण्डारी तृतिय र सन्तोषी पाण्डे सान्तवना हुनुभएको छ । कार्यक्रममा बिद्यालय क्षेत्र बरिपरी सरसफाई समेत गरीएको थियो । सर्कलकी अध्यक्ष गिता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रध्यानध्यापक चिरञ्जीबि भण्डारीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रको सञ्चालन सर्कलकी सचिव मुना भण्डारीले गर्नुभएको थियो ।

यस्तै दिवसकै अवसरमा रेडक्रस उपाशाखा हस्तिचौरको आयोजनामा निबन्ध लेखन प्रतियोगीता सम्पन्न भएको छ । ‘बिपत न्युनिकरणमा रेडक्रसको भुमिका’ बिषयक निबन्ध प्रतियोगीतामा ४ बिद्यालयका १२ बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा हिमालय उच्च माबिका हिमाल पछाई प्रथम, पालुखा माध्यामिक बिद्यालयका रुपेश खनाल द्धितीय, देबिस्थान माध्यामिक बिद्यालयका सरिता पचभैया मगर तृतिय र जनज्योति निम्नमाध्यामिक बिद्यालयका बिनोद बिक सान्त्वना हुनभएको छ । रेडक्रस उपशाखा हस्तिचौरका सभापति शेर बहादुर कुवँरको अध्यक्षता रहेको कार्यक्रममा रेडक्रस जिल्ला शाखाका उपसभापति अन्नतराम पौडेलको प्रमुख आतिथ्यता एवम अधिकृत कृष्ण खनालको बिषेश आथित्यता रहेको थियो । कार्यक्रम उपशाखाका सचिब दधिराम खनालको स्वागत मन्त्व्य तथा शिक्षक मन बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी जमल पोखरा माध्यामिक बिद्यालय छापहिले गुल्मीमा पनि दिबसकै अबसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न्न भएको छ । नेपाल जुनियर रेडक्रस सर्कलकी शिक्षक नायक डिलाराम अर्यालको अध्यक्षतामा सम्पन्न्न कार्यक्रममा सगरमाथा सदन प्रथम, महाकाली सदन द्धितिय र धौलागीरी सदन तृतिय भएको बिद्यालयले जनाएको छ । सर्कलका संरक्षक ढुण्डिराज अर्यालको प्रमुख आथित्यता रहेको कार्यक्रममा बिद्यालय व्यबस्थापन समितीका सदस्य शिवलाल अर्याल, छापहिले उपशाखाका सभापति रेखा कुमार जिसी, कृष्ण नेपाली लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम शिक्षक बुद्धि सागर अर्यालको सञ्चालनमा सम्पन्न्न भएको शिक्षक यमलाल पन्थीले जानकारी दिनुभएको छ ।

यसैबिच धुर माध्यमिक बिद्यालय धुर्कोट रजस्थल गुल्मीले पनि एक कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको आयोजनामा बिद्यालय क्षेत्र वरपर सरसफाई, प्राथमिक स्वास्थ्य उपचारको बारे जानकारी, दैबिक प्रकोप ब्यवस्थापन सम्बन्धी जानकारी सहित ¥याली सम्पन्न भएको पत्रकार ददी पन्थीले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षिका रेखा भुसाल भण्डारी तथा गणेश केसीले रेडक्रस सम्बन्धी प्रकाश पार्नुभएको थियो । कार्यक्रम शिव बहादुर खवासको स्वागत मन्तब्य, बिद्यालयका निमित्त प्रधानाध्यापक दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता र बिबेक खड्को अध्यक्षता तथा शिक्षक नायक निम बहादुर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग