Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मैले बुझेको शहर, मैले देखेको शहर

Published on: //
संगिता कुवँर
धेरै गाडी, थुप्रै मानिस, ठुला घर, ठुला उद्योग, धेरै अबसर भएको ठाउँलाई पो शहर भन्दा रैछन् यता तिर । ठुलो ठाउँ, फराकिलो बिचार, धेरै अबसर, चुनौति बढि भएको पो शहर मेरो परिभाषामा, सानो छदाँ छ सात घण्टा हिँडेर सदरमुकाम पुग्दा ओहो ! शहर भनेको त यस्तो रैछ भन्ठान्थेँ, यो शहरमा पढ्न र बस्न पाउने केही भाग्यमानी मध्ये म पनि भाग्यमानी ठान्थेँ तर सबै त्यहि शहर रहेनछ ।
परिर्वतन हुँदैछ शहरको परिभाषा । अर्को कुरा मैले सदरमुकाम तम्घासलाई शहर भने, सदरमुकामकाले बुटवललाई शहर भने अनि बुटवलकाले काठमाण्डौ, काठमाण्डौकाले बिदेशलाई शहर भन्दा रहेछन् । फेरी शहर त स्वच्छ, सफा, धुवा,ँ धुलो रहित सवै कुराको सुबिद्या भएको पो हुनपर्ने मैले बुझेको काठमाण्डौं शहर त लोडसेडिङ्ग, खानेपानीको अभाव, धुलो, धुँवा, महङ्गी किन हुन्छ त ? फेरी प्रश्न मेरो मनमा, होइन सुबिद्या नभए त सबै किन यहि शहरमा रमाउन चहान्छन् ?  अर्को मनले उत्तर सहित सान्त्वना दिन्छ । शहर सबैको रहर पो रैछ । मैले बुझेको शहरमा त सबै स्तरका मान्छे अटाएका छन् । प्रधानमन्त्री, मन्त्री, डाक्टर, इन्जीनियर, पढेका, नपढेका, माग्नेहरु, सबै छन् त । यो शहरमा राम्रा मान्छे छन् । नराम्रा मान्छे पनि छन् । केही प्रगती गर्ने पनि भेटाँए शहर रहर मात्रै होइन जन्म ठाउँ छोडेपछि केही गर्न सक्नुपर्छ । सकिन्छ आफना लागी सकिदैन अरुका लागी गर्नुपर्छ, भन्ने पनि भेटेँ यहि शहरमा, सडकमा गाडी गुडिरहेछ, मान्छे बाटो हिडिरहेछ, पढ्ने पढिरहेछ, बन्ने बनिरहेछ बिग्रने बिग्रीरहेछ । यहि त होला शहर सोचे जस्तो र एक घण्टाको सपनाको शहर जस्तो पनि हैन नी ।
दाई सरकारी जागीरे यहि शहरमा पढेर भाका हुन् । भाईलाई डाक्टर बनाउदाँ बाले यहि शहरमा पढाका हुन्, मामाको छोरा शहरमा भौँतरीदै गर्दा आज अमेरीका पुगे, अकंल अहिले कतारमा छन् । यो शहरको कुरा गर्ने भने उनलाई रिस उठ्छ रे मलाई बिगार्ने शहरको भो कुरा नगर भन्छन् । गाह्रो पनि छ, शहरमा जिउन र टिक्न यहि शहरले कसैलाई रुवाएको छ, कसैलाई हसाएको छ । सभ्य सुंसस्कृति भित्र समाजको बिकासको उद्गम पनि भन्दा रैछन् यहि शहरलाई मैले बुझेको शहरका ठुला महलमा बस्ने मानिसको मन भने साह्रै साघुरो पो रहेछ । बडो अचम्म बिचित्र शहरले कतिलाई प्रगतिको बहानामा डाडाँ काटायो, कसैलाई सडकको धुलो चटायोे कैयौलाई थकित बनाएर गाउँमै पठाएका उदाहरण पनि यहि खाल्डो शहर भित्र देखेँ सभ्य समाज भित्र असभ्यपना पनि हदै सम्म यहि शहर भित्र, रैथाने बाहेका मान्छेलाई दोस्रो दर्जाका मान्छे ठान्ने प्रवृति प्रशस्त पो छ यो शहरमा, वास्तवमा अचम्मै को पो छ त यो शहर । भव्य र सभ्य बन्ने ठुला सुनौलो भबिष्यको सपना बोकेर काठमाण्डौ छिरेका मध्ये धेरै शहरको खोक्रो तडकभडक भित्र अभ्यस्त भएकाको त कुरै छोडौ । यो शहर भित्र रमाउनेहरु मध्ये लक्ष्य पुरा गर्नेको तथ्याकं त निकै कम पो रैछ । लक्ष्य पुरा गर्नेहरु बौद्धिक बने, काम र नामबाट  नेपाली भनेर देशबिदेशमा भनेर चिनाए, यसको श्रेय पनि यहि पापी शहरलाई, सफलहरु मध्ये गौरवका साथ म गाउँमा आटो, रोटो, ढिडो खाएर हुर्केको भनेर गौरव गर्नेहरु कमै छन् । कारण त उनिहरु शहरको रनभुल्लमा रमाउँदा आफनो अतित बिर्सदा पो रैछन् ।
शहरमा महल बनाएर बसेका त हिजो गाउँमा गरेको दुख बिर्सीदा पो रैछन् ।मलाई शहरको मननपरेको कुरा मान्छेमा आफनोपनको स्वभाव नै छैन किन मान्छेहरु दुखमा साथ दिदैनन् ।बडो अचम्मको शहर बाटोमा आइपुगेछु म हिड्छु मनमा आउछ ए ! शहर तैले कतिको भबिष्य बनाइस् त कतिको बिगारीस् त पापी पनि होस् बिग्रेकको भबिष्य बनाउन सक्दैनस ? गाली फेरी त्यहि शहरलाई गर्छु तर नरिसा है शहर तँ त माध्यम मात्र होस् काम गर्ने राम्रो गर्ने जिम्मा त सुखको आसमा शहर पसिरहेकाको पो होनी । अनि फेरी यो शहरलाई त्यो हरियाली गाउँडाडाँ पाखा संग तुलना गर्ने भने त आकाश पातलको फरक छ । याद गर्लास तेरो पछि धेरै मानिस छन् भनेर धेरै मख्ख चाहि नपर । थोरै र सभ्य मानिस छन् भने पो मख्ख परेको राम्रो नि ? म पनि सफलताको एउटा खुड्किलो माथी चड्ने आसमा यहि शहरमा छिरेकी छु मलाई पनि साथ दिन्छस् दिन्न त्यो भने भोली थाहा हुने छ ।

हस्तिचौर २ हर्पुकोट गुल्मी
स्नातक प्रथम बर्ष ‘पत्रकारीता’
पशुपति बहुमखी क्याम्पस चावहिल काठमाण्डौ

सम्झनामा मेरो रेसुङ्गा

Published on: //
-संगिता कुवँर 
प्राकृतिक सौन्दर्यता, अग्लो शिर, ऐतिहासिक ठाउँ, मेरो रेसुङ्गा मंसिरको दोस्रो साता मलाई छोडी नजाउ भन्दै टुलुटुली हेरिहेको थियो । पारी पट्टीको अर्जुनको डाडाँले मुस्कुराउँदै मलाई छोडी कहाँ जान लागेको? प्रश्न गर्दै थियो । गन्त्व्यहिन यात्रा जिवनकालको एउटा क्षण ५ दिने अफिसको बिदा सहित काठमाण्डौंको यात्रा तय गरेकी म आज फेरी रेसुङ्गाको यादमा छटपटाइरहेकी छु । राती सुत्छु निद्रा लाग्दैन कस्तो भए होला मेरो रेसुङ्गा मलाई सम्झँदो होला कि नाई कि बिर्सिसक्यो होला यि र यस्ता प्रश्न  मनमनमा सलबललाई रहेछन् । निदाउछुँ सपनीमा भएपनि हरियाली डाडाँकाडा संगै हासिरहेको रेसुङ्गा देख्दा शित्तल हुन्छ मन पनि,अनि मेरो दैनिकी सुरु हुन्छ, कहिलकाहि त मैले पनि बिर्सदी रैछु रेसुङ्गालाई अनि नाई बिर्सन हुदैन भन्दै आफैलाई सचेत पनि बनाउछु । अनिश्चत यात्रा मेरो ठाउँ मेरो गर्व मेरो रेसुङ्गा अनि मेरै गुल्मी याद र सम्झना ताजै छ । काठमाण्डौं छिरेको करिव २ महिना पुग्नै आटेको छ । तर काम पढाई र भौतिक शरिर काठमाण्डौ भएनी सम्झना र माया गुल्मी कै, सायद मलाई पनि माया गर्ने भएर यति याद आएको होला । करिब चार बर्षे तम्घासको बसाईले नै मलाई यति माया र सम्झना योग्य बनाएको होला । रेडियोमा काम गर्दा पनि साथ सहयोग प्रोत्साहन सबै धन्यबादका पात्र बन्नु भएको छ । संगै निरुत्साहीत पार्नेलाई पनि सम्झना, पौष महिनामा सुन्तला खान भाडगाउँ झरेको याद पनि ताजै छ । अनि चिदिचौरको छेउमै बसेर बदाम र चाटको स्वाद लिएको त म जहाँ भएनि बिर्सनै सक्दीन् । 
रेडियोमा काम गर्दा पनि माया, प्रोत्साहन गर्ने सबैले धन्यका पात्र हुन् । हिजो म गुल्मीको पश्चिमी गाविस हस्तिचौरमा जन्मीएर पढ्न भनेर सदरमुकाम छिरेकी म आज फेरी पढाई कै दौडानमा काठमाण्डौं आइपुगेकी छु । हुनत मानिसका आफना बिचार हुन्छन् । मेरो बिचारमा जिबन भनेको अध्ययन हो । अझ बुभmदै छु पढाईको महत्व जब जब म केही कुरा जान्न खोज्छ अभाव महशुस पढाई कै, रत जिवन पढाई, अरु भन्दा फरक हुन आफुमा अरु भन्दा बढि ज्ञान पनि चाहिन्छ । अहिले म पत्रकारीतामा स्नातक प्रथम बर्षमा अध्ययन गर्दै छु । संगै युवाको नेटवर्कमा पनि बिचार संकलन गर्ने काम गर्छु । कहिलेकाही जनचासोका बिषयमा बोल्न र आफनो बिचार ब्यक्त गर्न मन पनि लाग्छ । कुनै दिन मेरो परिश्रम र मिहिनेतको फलले मेरो रेसुङ्गाले पनि गौरव गर्न पाउने छ । रेसुङ्गा तिमि कसैको अगाडी नझुक्नु सधै गुल्मी भित्रीनेहरुलार्ई तिम्रो मुस्कानले स्वागत गरोस् मेरो कामना ।।


हस्तिचौर २ हर्पुकोट गुल्मी
हाल स्नातक प्रथम बर्ष ‘पत्रकारीता’ 
पशुपति बहुमुखी क्याम्पस 
चावहिल काठमाण्डौ

७५ वटै जिल्लाबाट होमसेन्टर हट्ने

Published on: // ,
संगिता कुवँर 
पौष २२, काठमाडौँ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यसैवर्षदेखि लागु हुने गरी एसएलसी परीक्षामा ७५ वटै जिल्लाबाट होमसेन्टरको व्यवस्था हटाएको छ । एसएलसी परिक्षालाई मर्यादित र व्यवस्थीत बनाउनका लागि जिल्लाहरुमा गठित जिल्ला परिक्षा समन्वय समितीलाई होमसेन्टर नराख्न निर्देशन दिइ सकीएको परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।दुई वर्षअघि होमसेन्टर हटाउने कार्ययोजना लागु गरे पनि ४२ वटा जिल्लामा मात्रै लागु भएको थियो ।

अब होटल तथा डान्सबार २४ सै घण्टा खुल्ने

संगिता कुवँर 
पौष २२, काठमाडौँ । सरकारले रात्रीकालीन व्यबसाय सञ्चालनको लागी तोकेको समयसिमा हटाउने भएको छ । यस अघि राती ११ बजे बजेपछि होटल, डान्सबार, डिस्को लगाएतका रात्री व्यबसाय सञ्चालनका लागी अनुमति दिएपनि अब २४ घण्टा खोल्न नयाँ व्यबस्था बनाएको हो । रात्रिकालीन व्यबसायलाई मर्यादित र व्यस्थित रुपमा चौबीसै घण्टा सुचारु गर्न सहमत भए पछि  यो व्यबस्था लागु भएको हो । रातको समयमा हुने अपराध, बिकृती बढेको भन्दै तत्कालीन सरकाले ११ बजे पछि व्यबसाय सञ्चालनमा रोक लगाएको थियो ।  

पुग्ने भएन संबिद्यान सभामा ३३ प्रतिशत महिला सहभागीता

संगिता कुवँर
काठमाण्डौ, पौष १९ । संबिद्यान सभामा ३३ प्रतिशत महिला सहभागीताको बारेमा सर्बत्र बहस र चर्चा चले पनि अन्तत त्यो अपुरो हुने भएको छ । हरेक तहमा महिला हक अधिकार र महिलाका मुद्धा स्थापित गर्न महिला सहभागीता छलफल सुरुभएको हो ।
राजतिनिक दलका नेता पनि भाषणमा महिला सहभागीताका बिषयमा चर्का र आर्कषक भाषण गरे पनि कार्यन्वयनको चरणमा संबेदनशिल बन्न सकेनन् । यसपटक प्रत्यक्ष तर्फ १० जना र समानुपातिकमा १ सय ६२ गरी १सय ७२ महिला सभासद बनेका छन् । मनोनित तर्फबाट २६ सिट बाकि रहेको छ । यसरी हेर्दा महिला सहभागीता ३३ प्रतिशत पनि नपुग्ने निश्चीत जस्तै छ । दलका नेता मतदाता तान्ने बेला र आफनो स्वार्थका बेलामा मात्र महिला सहभागीताका कुरा गर्ने गरेको मात्र गरेको धेरै महिला अधिकारकर्मिको गुनासो रहेको छ ।
योग्य र क्षमतावान महिला संबिद्यान निर्माणको तहमा पुग्नुपर्छ । चुनावमा क्षमता इतिहास र योगदानका आधारमा पनि केही महिला नेतालेटिकट पाएनन् । सभासद बन्ने बिषय आर्थिक पक्षलाई प्राथामिकता दिदा महिला सहभागीताको लागी बाधक बन्यो । आर्थिक लेनदेनको प्रबृति भने राजनितिमा पछिल्लो समयमा झन जटिल बन्दै गएको छ । राजनितिक दलले महिलालाई कमजोर ठाउँबाट उठाउने समानपातिकमा योग्य महिलालाई छनोट नगर्ने कारणले सहभागीता कम हुने गरेको महिला अधिकारकर्मिको भनाई छ । समानुपातिक तर्फको अन्तिम नामावाली निर्बाचन आयोगमा पुगीसक्दा अधिकाशं नेता तथा कार्यकर्ता समेत असन्तुष्ट छन् । पार्टि भित्र संर्घष गरेका महिलालाई समेत नेतृत्वतहका नेताले निराश बनाएका छन् ।
महिलाको ३३ प्रतिशतप्रतिनिधित्व सुनिश्चित गर्न कागजी प्रतिबद्धता मात्र गर्नु दुखको कुरा भएको सञ्चारीका समुहका अध्यक्ष निर्मला शर्माको भनाइ छ । अघिल्लो संबिद्यान सभामा प्रत्यक्ष र समानुपातिक गरी कुल एक सय ९७ जना महिला सभासदमा निर्बाचित भएका थिए । नेपालको कुल जनसंख्यमा महिला बढि भए जस्तै कुल मतदातामा पनि पुरुष भन्दा महिला मतदाता करिब २ लाखले बढि छन् ।यसरी संबिद्यान सभामा महिला सहभागीता कम हुनु भनेको महिलाका मुद्धा संबिद्यान सभामा नसमेट्ीनु हो। तर अधिकाशं महिला मतदाताको भोटले बिजयी बनेका सभासद पनि महिलाका मुद्धामा संबेदनशिल र गभ्भीर हुनु जरुरी छ ।

राजधानीमा पनि चिसो बढ्यो

Published on: //
संगिता कुवँर
काठमाडौं, पौष १९ । काठमाण्डौमा पनि चिसो बढेसंगै जनजिबन थप कष्टकर बन्न थालेको छ । पश्चिमी बायु सक्रिय भएर जाने क्रममा बायुमण्डलमा असर परेपछि थप चिसो बढेको हो । यो क्रम अझै केही दिन जारी रहने भएकोले चिसो अझै बढन सक्ने मौसम बिभागले बताएको छ ।
बिहान बेलुका घाम लागे पनि बिहान साझ भने चिसो बढि छ । चिसो बढे संगै मानिसहरु बाहिर कम निस्कने भएकोले बजारमा चहलपहल पनि कम रहेको छ । चिसाले बिशेष गरी बालबालिका र बृद्धबृद्धा थप समस्यामा परेका छन् । यो समयमा छिटो चिसो छोप्न सक्ने तथा निमोनिया रुघा लगाएतका रोग लाग्न सक्ने भएकोले तातो खानेकुरा खान तथा न्यानो कपडा लगाउन चिकित्सकले सुझाव दिएका छन् । चिसो बढे संगै बिद्यालयमा जाडो बिदा समेत सुरुभएको छ ।जाडोमा उनिका कपडा तथा माछा मासुको ब्यापारमा बृद्धि भएको ब्यबसायिको भनाई छ ।   

निर्वाचनका लागि कर्मचारी परिचालनमा भद्रगोल, सुरक्षा संयन्त्र स्वास्थ्य क्षेत्र पनि खाली

Published on: // ,
संगिता कुवँर
गुल्मी, मंसिर १ । निर्वाचनको समयमा मजबुत सुरक्षा ब्यवस्था हुनुपर्ने भएपनि जिल्लाको समग्र सुरक्षा ब्यवस्था हेर्ने जिल्ला प्रशाशन कार्यालय खाली भएको छ । प्रमुख जिल्ला अधिकारी र कार्यालय सहयोगि बाहेकका सम्पूर्ण कर्मचारीहरुलाई मतदान अधिकृत तथा सहायक अधिकृतको रुपमा निर्वाचनमा खटाईएपछि जिल्ला प्रशाशन कार्यालय खाली भएको हो । निर्वाचन अधिकृतका कार्यालयहरुले जिल्लामा रहेका सरकारी कार्यालयहरुमा राम्रो समन्वय नगरि कर्मचारी परिचालन गरेपछि यस्तो समस्या भएको बुझिएको छ ।
 यसरी जिल्ला प्रशाशन कार्यालयनै खाली बनाएर कर्मचारीहरु परिचालन गरेपछि निर्वाचनमा हुनसक्ने कठिन परिस्थितिमा यहाँको सुरक्षा संयन्त्रलाई निर्णय लिन समेत गाह्रो हुने बुझिएको छ । ‘सम्भवत अरु कुनैपनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई मतदान अधिकृतको रुपमा खटाईएको छैन’ जिल्ला प्रशाशन कार्यालयका एक जना कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘सहाय प्रमुख जिल्ला अधिकारी सुरक्षा संयन्त्रको सदस्य सचिव हो । भोलि गोलि चलाउनुप¥यो भने निर्णय गर्न गाह्रो हुन्छ ।’
मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले भने सहाय प्रमुख जिल्ला अधिकारीहरु शाखा अधिकृत भएकोले निर्वाचनमा खटाईएको बताउनुभयो । ‘यहाँका सहाक प्रमुख जिल्ला अधिकारीहरु शाखा अधिकृत हुनुहुन्छ’ उहाँले भन्नुभयो ‘त्यो भएर निर्वाचनमा खटाईएको हो । प्रमुख जिल्ला अधिकारीलाई खटाएका छैनौँ ।’ यसरी जिल्ला प्रशाशन कार्यालयसँगै संबेदनशिल’ परिभाषित गरिएको स्वास्थ्य क्षेत्रलाई पनि खाली बनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट २ सय ४५ जना स्वास्थ्यकर्मीहरु निर्वाचनको लागि खटेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. हरिबहादुर केसीले बताउनुभयो । ‘केही ठाउँमा कर्मचारीहरु सबै परिचालन गर्दा खाली भएको अवस्था पनि छ’ उहाँले भन्नुभयो ‘केही ठाउँमा करार र अस्थाई कर्मचारी बाँकी छन्, सम्भवत एक दर्जन बढी स्वास्थ्य चौकी खाली भएका छन् ।’
स्रोतका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले धेरै कर्मचारीलाई निर्वाचनको लागि सिफारीस नगर्नू भनेर आग्रह गर्दापनि निर्बाचन अधिकृतको कार्यालयले स्वास्थ्यको आग्रहलाई बवास्ता गर्दै कर्मचारीहरु परिचालन गरेको हो । निर्वाचनको सयमा हुनसक्ने अप्रिय घटनाको अनुमान नगरि स्वास्थ्य संस्थाहरु खाली गरेर निर्वाचनको लागि कर्मचारी परिचालन गर्नु बिबेकहीन निर्णय भएको नागरिक समाजका पदम पाण्डेको टिप्पणी गर्नुभएको छ । निर्वाचनमा नखटिने कर्मचारीलाई सरकारले कडा कारबाही गर्ने भनेपछि कर्मचारीहरु निर्वाचनका लागि खटिएका छन् ।
स्रोतका अनुसार जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई प्रदान गर्ने सेवाशुल्कमा पनि कन्जुस्याईँ गरेको पाईएको छ । पहिले ८ सय ५० रुपैँया निर्वाचन भक्ता तोकिएको भएपनि कर्मचारीहरुको बिरोधले सेबाशुल्क बढाईएको छ । कर्मचारीहरुले बिरोध गरेपछि निर्वाचन भक्तामा ६ सय रुपैँया थप भएको छ ।

कस्तो छ गुल्मीमा चुनाबी तैयारी ? (अडियो रिपोर्ट)

निर्वाचनको दिन आउन मात्र केही दिन बाँकी छँदा, देशभर निर्वाचन तयारी तिव्र रुपमा अगाडी बढेको छ । निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन कार्यालय एबं सुरक्षा निकाय पनि आफनो कामलाई निरन्तरता दिएका छन् । आजबाट सबै मतदान केन्द्रमा सामाग्री बितरणको काम सुरुभएको छ । गुल्मी जिल्लामा पनि चुनावी सुरक्षासंगै तयारी अन्तीम चरणमा पुगेको छ । यसै सम्बन्धमा गुल्मीन्युज डट कम सहकर्मी संगिता कुवँरको तयार पारेको अडियो रिर्पोट:

कांग्रेस उपसभापति रामचन्द्र पौडेल गुल्मीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने

संगिता कुवँर
कार्तिक २६, गुल्मी । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल कात्तिक २९ गते गुल्मी आउनुहुने भएको छ । कात्तिक २९ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले अम्मरपुर गाविसमा आयोजना गरेको नागरिक सभालाई सम्बोधन गर्न उहाँ गुल्मी आउने कार्यक्रम रहेको छ । आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट गरेर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति दामोदर भुसालले कांग्रेसको पक्षमा भोट माग्नका लागि पौडेल गुल्मी आउन लागेको जानकारी दिनुभएको छ ।
साथै उहाँले उपसभापति जस्तो बरिष्ठ ब्यक्ति आफ्नो क्षेत्रमा आउने कुराले आफूहरु खुसी भएको बताउनुभयो । साथै यहाँले गुल्मी क्षेत्र नम्बर ३ मा कांग्रेसको प्रचार प्रसार कार्यक्रम तीव्र गतिमा अगाडि बढेको समेत जानकारी दिनुभयो । उहाँले पार्टीले निर्वाचनका लागि स्थानीय तह सम्म सम्पूर्ण संयन्त्रहरु परिचालन समेत गरेको जानकारी दिनुभयो ।
कांग्रेस क्षेत्रिय सभापति दामोदर भुसालको सभापतित्व रहेको भेटघाट कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका सह सचिव हरीबहादुर केसीको प्रमुख आतिथ्यता तथा रेशम कुँवरको संचालन रहेको थियो ।

तम्घासको कोसेली घरमा यस्ता छन् कोसेलिहरु (फोटोहरु)

गुल्मीमा उत्पादन भएका स्थानिय स्तरका बस्तुहरुको बजारीकरणका लागी सदमुकाम तम्घासमा कोसेली घर सञ्चालन भएको छ । जिल्लामा किसानले उत्पादन गरेका बस्तुहरु ढाकाका सल, मुढा, कफि, ब्रिकेट लगायतका समान बिक्रि गर्न राखिएको छ । हेरौँ गुल्मीन्युज सहकर्मी संगिता कुवँरले कोसेली घरमा पुगेर खिच्नुभएका केही कोसेलिहरुको तस्बिर:











नेपाली कांग्रेस गुल्मीले गाउँ सभापति र सचिबहरुको भेला गर्‍यो, सभापतिहरुद्वारा गाउँ गाउँको रिपोर्टिङ गरे

संगिता कुवँर
कार्तिक २१, गुल्मी । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ ले आज सदरमुकाम तमघासमा आयोजना गरेको आफ्नो क्षेत्र अन्तर्गतका सम्पुर्ण गाविसका पार्टी तथा भातृ संगठन नेपाल तरुण दलका सभापति र सचिवहरुको संयुक्त भेला सम्पन्न्न भएको छ । भेलामा उनीहरुले गाविसको पार्टीको रिपोर्टिङ्ग प्रस्तुत गरेका थिए । भेलालाई नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेद्वार चन्द्र भण्डारीले सम्बोधन गर्नुभएको थियो सोही भेलामा नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र के.सी.,पुर्व सांसद भागवत ज्ञवाली लगाएतले मन्त्व्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तथा गाउँका नेता तथा कार्यकर्ताहरु सहभागिता रहेको थियो । सहभागी गाउँ सभापति तथा सचिवहरुले आ–आफ्नो क्षेत्रको पार्टीको रिपोर्टिङ्ग गर्नुका साथै त्यस विषयमा छलफल समेत भएको थियो । चुनाव प्रचार प्रसार समितिका अध्यक्ष एबं क्षेत्रीय सभापति अशोककुमार थापाको अध्यक्षतामा सम्पन्न भेलामा क्षेत्रीय सदस्य मधु ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन चुनाव प्रचार प्रसार समितिका सह संयोजक खिलध्वज पन्थीले गर्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेस क्षेत्र नंं ३ गुल्मीको घमिर गाविसमा चुनावी सभालाई सम्वन् भएको छ । सभालाई नेपाली काँग्रेस क्षेत्र नंं ३ गुल्मीका उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा नेपाली काँग्रेसकाचुनाव प्रचार प्रसार समितिका संयोजक पुर्व संसद रुद्रमणी शर्मा भण्डारी, क्षेत्रीय संयोजक दामोदर भुसाल लगाएतले मन्त्व्य ब्यक्त गर्नुभएकको थियो । सभामा काँग्रेस जिल्ला सहसचिव हरिबहादुृर के.सी., महाधिबेशन प्रतिनिधी कृष्ण नेपाली, महाधिबेशन प्रतिनिधी सिता अर्याल, महासमिति सदस्य डा. बुद्धबहादुर थापा, जिल्ला सदस्य शिव के.सी., तरुण दलका जिल्ला सदस्य केशवप्रसाद भण्डारी, काँग्रेस क्षेत्रीय कोषाध्यक्ष भोजप्रसाद श्रेष्ठ, दलित संघ क्षेत्रीय संयोजक तेजबहादुर विक, ऋर्जै गाउँ कार्य समितिका सभापति दिपक भण्डारी, इश्मारजस्थलका केशव कुवँर, छापहिले लगायतले मन्तव्य राख्नुभएको थियो ।घमिर गाउँ कार्य समितिका सभापति कविराम पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व महासमिति सदस्य ज्ञानबहादुर कार्कीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव मानबहादुर खड्काले गर्नुभएको थियो ।......................
नेपाली काँग्रेसले आज सदरमुकाम तमघास लगायत विभिन्न स्थानमा चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
आज सदरमुकाम तमघास बजारमा गरिएको घरदैलो कार्यक्रममा उम्मेद्वार चन्द्र भण्डारी, जिल्ला सभापति चन्द्र के.सी, उपसभापति भुवनप्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल लगायत पार्टीका जिल्ला तथा गाउँ कार्य समितिका पदाधिकारी, विभिन्न भातृ संगठनका पदाधिकारी तथा सर्वसाधारणहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै तमघासकै वार्ड नं. ९ नेटा र कुडाँपानीमा पनि चुनावी सभा आजै सम्पन्न भएको छ । सभालाई प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य एबं क्षेत्र नं. २ का उम्मेद्वार चन्द्र भण्डारी, पार्टीका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, सदस्य शालिक पन्थी, तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, रुद्र पाण्डे, दीर्घ पाण्डे लगायतले मन्त्व्य ब्यक्त गर्नुभएको थियो । ज्ञानेश्वर पन्थीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन शालिकराम पन्थीले गर्नुभएको थियो । त्यस्तै सोही स्थानमा नेपाल महिला संघले चुनाव प्रचार प्रसार समितिको गठन गरेको छ ।समितिको संयोजकमा छमकला पन्थी र सह संयोजकमा पुष्पा पाण्डे लगायत ५५ सदस्यीय रहनुभएको छ । संघकी तमघास गाउँ कार्य समिति अध्यक्ष अमृतादेबी कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी पाण्डेले गर्नुभएको थियो ।।।।।।।।।।।।।।।।।।।।।।।।

गुल्मीमा पनि मनाइयो महाकवि देबकोटको १ सय ५ औँ जन्मजयन्ती

Published on: // ,
संगिता कुवँर
कार्तिक १७, गुल्मी । महाकवि देबकोटको १ सय ५ औँ जन्मजयन्तीको अवसरमा किरण पुस्तकालय तम्घास गुल्मीमा पनि एक कार्यक्रम सम्पन्न भएको छ । किरण पुस्कालयमा जम्मा भएका साहित्यकारहरुले लक्ष्मीप्रसाद देबकोटा प्रति श्रद्धासुमन ब्यक्त गर्दै आफ्ना साहित्यिक रचना बाचन गरेर सुनाएका थिए । कार्यक्रममा साहित्यकारहरु भेषराज प्रयासी, लक्ष्मण प्रसाद रिजाल, वाचनसम्राट भिमकान्त पन्थी, बोम अर्याल, नवनारायण पन्थी लगायतले आफ्ना सिर्जनाहरु बाचन गर्नुभएको थियो ।
त्यस्तै कवि लक्ष्मणप्रसाद रिजालले लक्ष्मी प्रसाद देबकोटाको मुनामदन खण्ड काब्यको छोटो अंश बाचन गरेर सुनाउनुभएको थियो । साथै सोही अवसरमा नव साहित्यकार योगेश पन्थीको कविता संग्रह ‘बोल्दै छ देश यहाँ’को पनि बिमोचन गरिएको थियो । पुस्ताकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा समाजसेवी नन्दराम भुसालको विषेश आतिथ्यता रहेको थियो ।
कार्यममा महाकवि देबकोटाको तस्विरमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु शशी पन्थी र दीन पन्थीले लक्ष्मी प्रसाद देबकोटाको बारेमा जानकारी गराउनुएको थियो । गोपाल पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा झण्डै ५० जना साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।
यस्तै लुम्बिनी बांगमय प्रतिस्ठान नेपाल अन्तर्गत जिल्ला शाखा गुल्मीको तदर्थ समितिको पनि गठन भएको छ । प्रतिस्ठानका अञ्चल उपाध्यक्ष शशी पन्थीको अध्यक्षता सम्पन्न भएको भेलाले दीन पन्थीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला शाखा तदर्थ समितिको गठन गरेको हो । समीतीको सदस्यहरुमा शशी पन्थी, कमलराज श्रेष्ठ, लक्ष्मण रिजाल, गोपाल पन्थी, बोम अर्याल, मुकुन्दहरी गौतम, भिमकान्त पन्थी र नवनारायण पन्थी रहनुभएको छ ।

नेपाली कांग्रेसको चुनावी अभियान तिब्र

संगिता कुवँर
कार्तिक १२, गुल्मी । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को चुनावी प्रचार प्रसार अभियान अन्तर्गत आज गुल्मीको छापहिले भंगानामा चुनावी सभा सम्पन्न भएको छ । कांग्रेस गाउँ कार्य समितिका सभापति तुल्सी गीरीको सभापतित्व रहेको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, कृष्ण नेपाली, सीता अर्याल, क्षेत्रीय सचिव रेखाकुमार जीसी, दलीत संघ क्षेत्र नम्बर ३ संयोजक टेकबहादुर विक, क्षेत्रीय प्रतिनिधि प्रकाश पोखरेल, कृष्णभन्द्र अर्याल तथा पूर्व पार्टी सभापति र उपसभापतिहरुको विशेष आतिथ्यता रहेको थियो । अनु गीरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा तरुणदल छापहिले गाउँ कार्य समितिका अध्यक्ष अशोक कुमार जीसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै अर्जै गाविसको पोखराबारीमा पनि चुनावी सभा सम्पन्न भएको छ । गाउँ समिति सभापति दीपक भण्डारीको अध्यक्षता रहेको कार्यक्रमलाई कांग्रेस क्षेत्र नम्बर ३ का उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा क्षेत्रीय सभापति दामोदर भुसाल, पूर्व नेविसंघ केन्द्रिय उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, नेपाल शिक्षक संघका सभापति प्रेम नारायण भण्डारी, महाधिबेशन प्रतिनिधि कृष्ण नेपाली, क्षेत्रीय सचिव रेखा जिसी, दलित संघ क्षेत्र नम्बर ३ का संयोजक टेकबहादुर विक, भुपाल विष्ट, प्रकाश पाखरेल, तरुणदल ईश्मारजस्थलका सभापति झविन्द्र अर्याल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम महाधिबेशन प्रतिनिधि सीता अर्यालको स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा तुल्सी पराजुलीको  संचालन रहेको थियो । त्यस्तै आज अर्जैमा घरदैलो कार्यक्रम पनि सम्पन्न भएको छ ।
चुनावी अभियान अन्तर्गत नेपाली कांग्रेस क्षेत्र नम्बर ३ गुल्मीले पुर्कोट दहमा दलित भेला सम्पन्न गरेको छ । आज सम्पन्न भएको भेलाले फुर्सबहादुर परियारको सभापतित्वमा २१ सदस्यीय गाउँ समितिको गठन भएको छ । जसको सह संयोजकमा सुर्य नेपाली, सचिवमा रेशम परियार लगायत अन्इ सदस्यहरु रहनुभएको छ । सोही अवसरमा चुनाव प्रचारका लागि ५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको पनि गठन भएको छ । ५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको संयोजकमा फुर्सबहादुर नेपाली रहनुभएको छ । कार्यक्रममा दलित संघ गुल्मीका अध्यक्ष झबिन्द्र बिक, नेपाली कांग्रेस महासमिति सदस्य बिष्णु पन्थी, भुपु सैनिक संघका केन्द्रिय सदस्य मनिराम थापा, कांग्रेस पुकोट दह गाउँ समितिका सभापति यमबहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।
यस्तै चुनावी अभियानकै सिलसिलामा नेपाल महिला संघ तम्घास गाउँ समितिको भेला सम्पन्न भएको छ । भेलाले चुनाव प्रचार प्रसारको लागि २ सय १ सदस्यीय प्रचारप्रसार समितिको गठन गरेको छ । तम्घास गाउँ समितिकी सभापति अमृता कुँवरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस संघिय विभागकी केन्द्रिय सदस्य धना भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नेपाली कांग्रेस तम्घास गाउँ समितिका सभापति अखिलेश्वर प्रसाद पाण्डे, नेपाल महिला संघका जिल्ला सदस्यहरु अनिसा केसी, मिना पन्त, गाउँ कार्य समिति सदस्य सीता पाण्डे, पार्वता गौतम, कृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम अम्बिका श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

दलित महिलाका लागी तिनदिने मतदाता शिक्षा तालिम तम्घासमा सुरु

Published on: // ,
संगिता कुवँर
कार्तिक १२, गुल्मी । दलित महिला संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा तिनदिने मतदाता शिक्षा तालिम सुरुभएको छ । तालिमको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले अझै पनि अधिकाशं दलित महिला मतदातामा आफनो मत अधिकारको बारेमा थाहा नभएकोले अब अरुको करमा मतदान गर्ने गरेको ले आसन्न चुनावमा आफनो मत अधिकारको सहि सदुपयोग गर्न अनुरोध समेत गर्नुभयो । तालिममा जिल्ला बिकास समितिका शाखा अधिकृत बाबुराम पल्ली, प्रहरी निरीक्षक निसान्त श्रीबास्तव, जिल्ला बाल कल्याण अधिकृत झबिन्द्र गैरे,उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, महिला मानब अधिकार रक्षक सञ्जालका जिल्ला उपाध्यक्ष जानकी ज्ञवाली लगाएतको उपस्थीती रहेको थियो ।तालिमको उदघाटनकार्यक्रम दलित महिला संघका जिल्ला अध्यक्ष कमला बरालको अध्यक्षता सचिव जमुना श्रीपालीको स्वागत मन्व्य एबम ममता चुदाँराको सञ्चालनमा सम्पन्न भएको थियो ।१४ गते सम्म सञ्चालन हुने तालिममा जिल्लाका २० दलित महिलाको सहभागीता रहेको छ ।

गुल्मीको चिदिचौर खेल मैदान ब्यबस्थापन गर्ने सहमती

Published on: // ,
संगिता कुवँर
कार्तिक ८, गुल्मी । गुल्मीको चिदिचौर खेल मैदान ब्यबस्थापन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।उनिहरुले उचित खेल मैदानको अभावमा बिभिन्न स्तरीय खेल आयोजन गर्न समस्या भएको र चिदिचौर खेल मैदान ब्यबस्थापन गर्दा दिर्घकालिन रुपमा पनि असर नपर्ने भन्दै उनिहरु ब्यबस्थापनको लागी सहमत भएका हुन् ।
गुल्मी युनाइटेड युवा क्लब तम्घासद्धारा आयोजना हुन लागेको पश्चिमाञ्चल स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगीताको बिषयमा बृहत अन्तर्कृया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । अन्तर्कृया कार्यक्रममा सदरमुकामका युवाले पनि चासो देखाएको र आपसी समन्वय मार्फत खेल मैदान ब्यबस्थापनको लागी सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । कार्यक्रम मार्फत सहरी बिकास पाल्पा संग समन्वय गरी खेल मैदानको ब्यबस्थापन बारेसुझाव लिन ब्यबस्थापन समितिको समेत गठन गरेको छ । जसमा भुवन प्रसाद श्रेष्ठ, भरत चन्द, बिष्णु बलाल, बालसिहं काउछा, बुद्धि जिसी, जिबन राना एबं निर्माण ब्यबसायि,जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघका एक एक जना प्रतिनिधी रहने बताएको छ । अन्तर्कृया कार्यक्रमका सहभागीले कामको कार्यन्वय चरणमा छिटो जान समेत सुझाव दिएका छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु घर्ति, प्रहरी निरीक्षक निसान्त श्रीबास्तव, उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवन श्रेष्ठ, गुरुगोरख गण गुल्मीका प्रमुख दिल बिक्रम सुव्वा, शेर बहादुर कुवँर, बालसिहं काउछा लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम गुल्मी युनाइटेड युवा क्लबका अध्यक्ष उदय थापाको अध्यक्षता एबम सचिव भगवत सिहं खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
तम्घासमा केही महिना अघी सम्पन्न दल बहादुर राना मगर स्‍मृति भलिबल प्रतियोगितामा सहभागीता जनाउँदै गुरु गोरख गुल्म, धागिथुम (रातो जर्सिमा) र नेपाल मगर विद्यार्थी संघ, गुल्मी (सुन्तला रङको जर्सिमा) को फाईल तस्बिर ।

श्रद्धाञ्जली सभा सम्पन्न

Published on: // ,
संगिता कुवँर
असोज ७, गुल्मी । नेपाली कांग्रेस पौँदी अमराई गाउँ कार्य समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कांग्रेस क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य बुद्धबहादुर थापा तथा पौँदीअमराई गाउँ सभापति हरीबहादुर थापाकी आमा बल्लवी थापाको निधमा कांग्रेसले श्रद्धाञ्जली सभा गरेको हो ।
थापाको निधनको दास्रो दिनमा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । गाविसको वडा नम्बर ५ केन्द्र टोलमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा पौँदी अमराई गाउँ कार्य सभापतिका कार्यबाहक सभापति दानबहादुर केसीको सभापतित्व रहेको थियो भने संबिधान सभा सदस्य निर्वाचन २०७० मा गुल्मी क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार त्रैलोक्य प्रताप सेनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव छन्दबहादुर पहराई, क्षेत्रीय सभापति दामोदर भुसाल, महासमिति सदस्य विष्णु प्रसाद पन्थी, नेपाल विद्यार्थी संघ गुल्मीका सभापति कृष्ण प्रसाद अर्याल, कांग्रेस जिल्ला सदस्य सावीत्रि श्रेष्ठ, बुटवल बहुमुखि क्याम्पस नेविसंघ ईकाई सभापति लोक प्रसाद खरेल, गाउँ सचिव टिका गीरी, नेपाल शिक्षक संघका सदस्य चिरञ्जीवी थापा, वडा नम्बर १ का वडा सभापति रुद्र गीरी, २ का सभापति थम्मनबहादुर केसी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम क्षेत्रीय सहकोषाध्यष भगत सिंह खड्काको संचालनमा सम्पन्न भएको थियो ।

बाँझकटेरी माबीमा नेविसंघको गठन

Published on: // ,
संगिता कुवँर
गुल्मी, कार्तिक ०६ । बाँझकटेरी माध्यमिक विद्यालय बाँझकटेरी गुल्मीमा नेपाल विद्यार्थी संघको मूल एकाई समिति गठन भएको छ । जहाँ विद्यालय त्यहाँ नेविसंघ भन्ने नाराका साथ सुनिल जिएमको सभापतित्वमा ७५ सदस्यीय नेपाल विद्यार्थी संघको गठन गरिएको हो । समितिको उपसभापतिमा सीता केसी, सचिवमा प्रकाश केसी, सह सचिवमा सुदन केसी, कोषाध्यक्षमा सुमित्रा भुसाल, सहकोषाध्यक्षमा शालीकराम भुसाल लगायत अन्य सदस्यहरु रहनुभएको छ । विद्यालयमा आज एक कार्यक्रम सम्पन्न गरेर नेविसंघको गठन गरिएको हो । पश्चिमाञ्ल ईन्जिनियरीङ कलेजका नेविसंघ उपसभापति दीपेन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदीप बोहोराको सभापतित्व रहेको थियो भने जितेन्द्र सेनको संचालन रहेको त्यहाँबाट कपील कुँवरले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस पीपलधारा गाउँसमितीको वडा भेला सम्पन्न

संगिता कुवँर
कार्तिक ५, गुल्मी । नेपाली कांग्रेस पीपलधारा गाउँसमिति अन्तगर्त वडा नम्बर १ को भेला मंगलवार सम्पन्न भएको छ । नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर ३ का संबिधानसभा उम्मेदवार त्रैलोक्य प्रताप सेनको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम वडा सभापति ईन्द्रबहादुर वस्नेतको सभापतित्व तथा युवा संयोजक बोमबहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

हामी म्यादी प्रहरी (फोटोहरु)

संबिधान सभा निर्वाचन २०७० को सुरक्षाको लागी देशभरबाट म्यादि प्रहरी भर्ना गरिएको छ । गुल्मीबाट छनोट भएका म्यादी प्रहरीहरु तालिमको लागी आइतबार अर्घाखाँची तर्फ गएका छन् । तालिममा अर्घाखाँची जानुभन्दा पहिले जिल्ला प्रहरी कार्याल गुल्मी प्ररिसरमा जम्मा भएका म्यादी प्रहरीहरुको गुल्मीन्युज सहकर्मी संगिता कुवँरले खिच्नुभएका केही तस्वीरहरु:





आफ्नो पार्टी चुनावको लडाईमा छ ः काँग्रेस

Published on: // ,
संगिता कुवँर
गुल्मी, असौज १९ । हिन्दु नेपालीहरुको महानपर्व बडादशै तथा शुभ दिपावलीको अवसरमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. ३ ले आज सदरमुकाम तमघासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित रहेको दावी गर्दै निर्वाचनलाई मध्यनजर गरेर आफ्ना गतिविधीहरुलाई थप सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता प्रेमनाथ अर्यालले शान्ति र विकासको पक्षमा रहेको प्रजातान्त्रिक शक्तिको सधै विजयी हुने बताउनुभयो । उहाँले बामपन्थी पार्टीहरुको जस्तो व्यवहार र प्रबृतिबाट प्रजातन्त्रबादी शक्तिहरु सधै टाढा रहनुपर्ने बताउँदै ती शक्तिहरु व्याक्तिको पक्षमा नभई संस्थाको हितको पक्षमा सधै लागिरहेको दावी गर्नुभयो । अन्याय, अत्याचार तथा आसुरी प्रवृतिको नास गरिएको खुशीयालीमा मनाईने यस पर्वले मुलुकमा विद्यमान अन्याय अत्याचार तथा विभिन्न व्याक्ति तथा राजनीतिक दलहरुमा विद्यमान आसुरी प्रबृतिको अन्त्य गर्न टेवा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै विशेष अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रसाद सेनले जित्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।
निर्वाचनको युद्ध संग्राममा आफुहरु उत्रिएको र त्यसका लागि तैयारीका साथ लागिरहेको बताउँदै उम्मेद्वार सेनले न्याय र सत्यको पक्षमा साथ दिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । नेपाली काँग्रेसका सचिव छन्द पहराईले गर्दैै नगरेका काम पनि अरु दलका कार्यकर्ताहरुले हामीले गरेको भनिरहँदा काँग्रेसले केही भन्न नसक्ने तर आफुले गरेका राम्रा कामको विषयमा जनसमुदायलाई जानकारी गराउन नसकिरहेको बताउनुभयो । उहाँले अव काँग्रेस विगतका कमी कमजोरीलाई हटाउँदै एक भएर राष्ट्रियता, प्रजातन्त्र र समाजबादको पक्षमा पुर्ण प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । पहराईले समानता र इन्साफको आधारमा संबृध समाजको पुनर्निर्माण गर्नु काँग्रेसको आकांक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रोम विश्वकर्मा, महासमिति सदस्य विष्णु पन्थी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, युवराज भण्डारी, तेजेन्द्र थापा मगर लगायतका वक्ताहरुले नेपाली काँग्रेसले राजनीति स्वतन्त्रताका साथै आर्थिक समानताको आधारमा उभिएको प्रजातन्त्रबादलाई आफ्नो आदर्श मानेर निर्वाचनमा एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी, पत्रकार तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो । क्षेत्रीय समिति सभापति दामोदर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि युवराज अर्यालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने क्षेत्रीय सचिव रेखाकुमार जिसीले गर्नुभएको थियो ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग