Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफुलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेपछि अधवैँशेको मृत्यु

Published on 11:02:00 PM //

कास्की, जेठ ८ । केटी जिस्क्याएको विषयमा विवाद बढेर भएको कुटपिटबाट लेखनाथ नगरपालिका–१ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ ।
लामाले मंगलबार सोही ठाँउ बस्ने १८ वर्षकी रेणुका गुरुङलाई जिस्काएको विषयमा विवाद हुँदा उनी, १८ वर्षका अमिन गुरुङ र २२ वर्षकी रोशनी गुरुङले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लामालाई उपचारको लागि गण्डकी अंचल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । घटनामा संलग्न तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग