Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविस स्तरिय शान्ति समिति गठन तिब्र

Published on 7:58:00 PM //

प्रेम सुनार
जेठ ९, गुल्मी । स्थानीय स्तरबाटै द्धन्द्ध व्यवस्थापन र शान्ति प्रर्वद्धनमा योगदान पु¥याउने उद्देश्यले स्थानीय शान्ति समिति गुल्मीले विभिन्न गाविसमा गाविस स्तरीय शान्ति समिति गठन तिव्र पारेको छ ।
उसले वलिथुम गाविसमा ने.क.पा. एमालेका प्रतिनिधी राबहादुर पल्लीको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरीय शान्ति समिति गठन गरेको छ ।
त्यस्तै अमरअर्वाथोक गाविसमा नेपाली काग्रेसका प्रतिनिधि लिलबहादुर श्रेष्ठको संयोजकत्वमा ९ स्िदस्यीय गाविस स्तरिय शान्ति समिति गठन भएको छ । कार्यालय प्रमुख अनिता ज्ञवालीले दिएकोृ जानकारी अनुसार क्षेत्र नम्वर ३ को म्यालपोखरी गाविसमा राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरिय शान्ति समित गठन भएको छ ।
त्यस्तै घमिरमा बुद्धिजिवी परिषद प्रतिनिधी वेदप्रसाद पन्थीको संयोजकत्वमा ९ सदस्यीय, वाग्लामा नेकपा एमाले प्रतिनिधी गोविन्दप्रसाद देवकोटाको संयोजकत्वमा ९ सदस्यीय, आँपचौरमा नेपाली कांग्रेस प्रतिनिधी रुद्रराज खरेलको संयोजकत्वमा , मुसिकोटमा नेकपा एमाले प्रतिनिधी हरिबहादुर कुँवरको संयोजकत्वमा, लिम्घामा नेकपा एमाले प्रतिनिधी नरसिंह शाहीको संयोजकत्वमा, दोहलीमा एकिकृत नेकपा माओबादी प्रतिनिधी कृष्णप्रसाद रिजालको संयोजकत्वमा ९ सदस्यीय गाविस स्तरिय शान्ति समिति गठन भएको छ ।
समिति गठनका लागि वर्तमान संयोजक टोमलाल पाण्डेका अलवा पुर्व संयोजकहरु युवराज के.सी., जिवन राना, सचिवालय सदस्यहरु घनश्याम पराजुली , पदमप्रसाद पाण्डे ,शान्ति समिति कार्यालय प्रमुख अनिता ज्ञवाली र कम्प्युटर अपरेटर दुर्गा कुँवर लगायत परिचालित भएका छन् ् ।
अन्य गाविसहरुमा पनि गाविस स्तरिय शान्ति समिति गठन तिव्र पारिएको कार्यालय प्रमुख ज्ञवालीले बताईन । गाविस स्तरमा शान्ति समिति गठन हुँदा द्धन्द्ध पिडितलाई राय सुझाव, स्थानिय स्तरमा भएका समस्या समधान लगायतका विषयमा सहज हुने समितिका जिल्ला संयोजक टोमलाल पाण्डेले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग