Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत् प्राधिकरण गुल्मीविरुद्ध फेरि आन्दोलनको चेतावनी

Published on 1:42:00 AM //


गुल्मी, ३१ वैशाख । विद्युत् प्राधिकरण गुल्मीविरुद्ध दुई महिनाअघि गरिएको आन्दोलन स्थगित गर्न गरिएको समझदारी तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै संयुक्त आन्दोलन समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा विगतमा गरिएको विद्युत् कटौतीसम्बन्धी समझदारी कार्यान्वयन तत्काल नभए थप आन्दोलनमा उत्रने भन्दै चेतवानी दिइएको छ ।
यहाँका दलका केही नेताहरुले विद्युत् प्राधिकरणसँग मिलेर धोकापूर्ण सम्झौता गराई अघिल्लो पटकको आन्दोलन झ्यासमिस पार्न षडयन्त्र गरेको उदिन ढुङ्ग, धागिथुम युवा क्लबका अजय पन्थीले आरोप लगाए ।
प्राधिकरणमा हुने ठेक्कापट्टा हाता पार्ने, विद्युत्का पोल रातारात हिनामिना तथा कमिसन बाँडफाँट गर्नेजस्ता कार्यमा संलग्न यहाँका केही नेता प्राधिकरणको रक्षक भएका सर्वसाधरणको आरोप छ । आन्दोलनकारीलाई हतोत्साहित पार्न यहाँका केही नेताले उनीहरुलाई एक्लाएक्लै पारेर तर्साएका समेत बताइएको छ ।
दलका केही नेताहरुको संरक्षण कै कारण प्राधिकराणले यहाँका उपभोक्तामाथि अटेरी गर्दै आएकाले सामुदायिक विद्युत्का उपभोक्ताहरुले ठूलो समस्या भोग्दै आएका छन् । छिनछिनमा विद्युत् जाने तथा ट्रान्समिटर जडानमा ढिलासुस्तीले उपभोक्ताहरु पीडित बनेका छन् ।  प्राधिकरणका प्रमुखले भने उपभोक्तको मागअनुसार विद्यत् आपूर्ति नभएको र जनशक्तिको समेत अभाव भएका कारण विद्युत् नियमित गराउन नसकेको बताउँदै आएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग