Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज युकेको समितिको बैठक सम्पन्न

Published on 1:16:00 AM //

फडिन्द्र भट्टराई
गुल्मी जिल्ला समाज युकेको नवनिर्वाचित समितिको प्रथम बैठक सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा यहि मे १२ का दिन टर्नब्रिज स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न भएको हो । समाजका महासचिव राम गलामीले संचालन गर्नु भएको उक्त बैठकले संस्थाको आगामी कार्यदिशा, उपसमितिहरुको गठन सहित अन्तरिक कार्यविभाजन समेत गरेको छ  । बैठकको प्रारम्भमा नवनिर्बाचित समितिलाई स्वागत गर्दै अध्यक्ष गौतमले संस्थाको गरिमामय बिगतलाई उचो राख्दै सदैब संस्थाको हितमा  कार्य गर्नको लागि  समाजका विविध क्षेत्रबाट प्रतिनिधित्व भएको यो समिति सफल हुने विश्वास व्यक्त गर्नु भयो  । उहाँले कार्यसमितिका साथीलाई संस्थाको नितान्त हितको लागि क्रियाशील रहन  आग्रह गर्दै विगतका कार्य समितिको उच्च मुल्याङकन तथा मार्ग दर्शन  सदैब रहने बताउनुभयो । बैठकमा कोषाध्यक्ष टोप बहादुर  पल्लीले गत महाधिबेशनको आय–व्यय प्रस्तुत गर्नु भएको थियो भने संस्था संचालनमा आर्थिक पारदर्शिता महत्वपुर्ण हुने भन्दै, अध्यक्ष, महासचिब  कोषध्यक्ष र सह– कोषध्यक्ष  सम्मिलित आर्थिक समितिले प्रत्येक तिन महिनामा आर्थिक प्रतिबेदन सार्बजनिक गर्ने व्यवस्था समेत गरिएको छ  ।

त्येसैगरि बैठकले नवनिर्बाचित कार्यसमिति सदस्य बीच विभिन्न क्षेत्रको कार्यविभाजन र त्यसको जिम्मेबारी सुम्पिएको छ भने उक्त कार्यविभाजनको कार्यन्वयन पक्षको बारेमा समेत छलफल गरेको छ  ।

उपरोक्त जिम्मेबारी लिनेमा खेलकुद तर्फ भेष थापा र अशोक थापा मेडियामा फडिन्द्र भट्टराई र कृष्ण खरेल संस्कृतिमा रुद्र थापा सामाजिक सम्बन्धमा राम सापकोटा इभेन्ट्समा मोति प्रसाद  पुन, सेक्युरिटीमा टिकाराम थापा र मिन जिसी  प्रसशानिकमा वीर बलाल र  फुड एण्ड ड्रिंकमा गंगा राना हुनुहुन्छ  ।


त्यस्तै सूचना प्रविधिको महत्वलाई मध्यनजर गर्दै संस्थाको वेब साईट अझै प्रभाबकारी बनाउन अधक्ष्य स्वयंले ब्यबस्थापन गर्ने, फेसबुक मार्फत सबै आजीवन सदस्य तथा साधारण सदस्यलाई सु–सुचित तथा एकीकृत गर्नको लागि संस्थाका सचिब शिव भण्डारी तथा मेडिया सेक्रेटरी फडिन्द्र भट्टराईले अधक्ष्यको संयोजनमा व्यबस्थापन गर्ने तथा समितिको  आकस्मिक बैठकमा टेली बनाउँने समेत निर्णय भएको छ।

त्यस्तै बैठकमा उपाध्यक्ष केशब भण्डारीले समाजको प्रकाशोन्मुख स्मारिकाको प्रगति तथा अनुमानित लागतको बिषयमा जानकारी गराउनु भएको थियो  । यसका अतिरिक्त बैठकले संस्थाका संस्थापक अधक्ष्य ओम प्रसाद  थापा तथा पुर्व उपाध्यक्ष र कोषध्यक्ष सहित समाजका प्रतिष्ठित व्यक्तिहरु सम्मिलित  सल्लाहकार  समितिको गठन समेत गरेको छ  ।

आगामी अगस्त ४ मा हुन गैरहेको समाजको बार्षिक भेटघाटलाई आकर्षक तथा प्रभावकारी बनाउन संस्थाका पदाधिकारी  टोप पल्ली  तथा  वीर बलालको संयोजनमा  अर्जुन गौतम, बिनोद ज्ञवाली, केशब भण्डारी, ओम गुरुङ, राम गलामी, टिकाराम थापा, राम सापकोटा, अशोक थापा लगायत सदस्य रहने गरी तयारी समिति गठन भएको छ  ।  त्यसै सन्दर्भमा आगामी जुलाई १४ क दिन कार्य समिति सल्लाहकार तथा एरिया संयोजक सहितको भेला समेत गर्ने निर्णय गरिएको छ ।

त्येस्तै सम्मिलित हुन बाकी रहेका एरिया संयोजक पछि नियुक्त गर्ने भनिएको छ  । बैठकले अन्त्यमा हल प्रायोजनको अतिरिक्त संस्थाको वेब साइट संचालनको खर्च समेत आफैले बेहोर्ने घोषणा गर्नु भएका अधक्ष्य अर्जुन गौतम तथा खाना तथा ड्रिंक्स को प्रयोजन गर्ने समिति सदस्य गंगा राना प्रति हार्दिक आभार व्यक्त गरेको छ  ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग