Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परपुरुषसँग बोलेको निहुँमा महिला माथि निर्घाट कुटपिट

Published on 10:41:00 AM //


प्रेम सुनार
बैशाख २२ , गुल्मी । एक पुरुषसंग बाटोमा भेट भएर कुराकानी गरिरहेका बेला किन बोलचाल गरिस भनेर निर्घात कुटपिट गरिएकी वलिथुमकी एक दलित महिला तम्घास अस्पतालमा उपचार गराईरहेकी छन् ।
बलिथुम गाविस वडा नम्वर ७ कि मनकला नेपालीलाई वलिथुम ८ का वोमबहादुर खत्रीका दम्पत्तिले निर्घात कुटपिट गरेको घाईते नेपालीले बताईन् । टाउको, मुख र शरिरमा चोट लागेकी उनलाई खत्री दम्पत्तिले कुटेनन मात्र, घरको कोठामा लगेर थुनेर समेत राखे उनकी जेठानीले भनिन्–‘खोज्दै जाँदा उनिहरुको टिभि कोठामा थुनेर राखेको अवस्थामा फेला पारेका हौं ।’

‘हामीले फेला नपारेको भए उनिहरुले राती मारेर फाल्ने थिए" उनले भनिन्, "धन्न हामीले भेटायौँ र घर ल्यायौं ।’ म र उनका देवर बाटोमा भेट हुँदा बोलचाल गर्दै थियौ मनकलाले भनिन ‘मेरो देवरसंग किन बोलिस भनेर खत्रीकी श्रीमतिले कुट्न थालिन, पछि दुवैले टाउको र मुखमा चोट लाग्ने गरी कुटेर लगेर थुने ।’ मनकलाका श्रीमान अपाङ्ग छन्, उनकी छोरी पनि अपाङ्ग, घरमा विचल्ली छ । सधै निमेक मजदुरी गरेर जिविका चलाउने नेपाली परिवार अस्पतालमा बस्दा बाल बच्चाका लागि घरमा चुलो बल्न सकेको छैन ।
खत्री दम्पत्ति विरुद्ध मजुवा प्रहरीचौकीमा उजुरी दिए पनि सुनुवाई नभएको नेपाली परिवारले गुनासो गरेका छन् । बोलचाल गर्दैमा आशंका गर्ने खत्री परिवारले यदि कुनै अनैतीक कार्य गरेको फेला पारे उनै देवरलाई जिम्मा लगाई दिन सक्नु पर्ने अन्यथा अनहाकमा चरित्र हत्याका साथै ज्यान मार्ने सम्मको नियत विरुद्ध कार्वाही हुनु पर्ने नेपाली परिवारले माग गर्दै आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग