Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट डेढ लाखको क्षति

Published on 8:40:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २९ गते । गुल्मीको घमिर गाविसमा एक व्याक्तिको गोठमा आगलागी हुँदा करिव डेढ लाख वरावरको क्षति भएको छ । घमिर गाविस वार्ड नं. ८ निवासी दालवहादुर कार्की टिनले छाएको गोठमा आईतवार वेलुकी ६ वजेतिर आगलागी भएको थियो ।
आगलागीवाट गोठ पुर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै गोठभित्र रहेका घाँसपात, दाउरा सवै जलेर नष्ट भएको छ । घरमा रहेको सानो वच्चाले आगो खेलाउने क्रममा गोठमा राखिएको परालवाट आगो सल्किएको थियो । स्थानीयको सहयोगमा गोठमा रहेका भैसीहरुलाई भने जोगाउन सकिईएको लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ । आगो करिव २ घण्टापछि नियन्त्रणमा आएको उहाँले वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग