Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी पर्ने आशामा रहेका कृषकहरु निराश

Published on 2:39:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २९ गते । आकाश गड्याङ्ग गुडुङ्ग गर्दा पानी पर्छकी भन्दै आशा गरी वसेका गुल्मेली कृषकहरु राम्रोसँग पानी नपरेपछि निराश वनेका छन् । लामो समयको खडेरी पश्चात आकाशे पानीको प्रतिक्षा गरिरहेका किसानहरु आज पानी पर्ने जस्तो मौसम देख्दा खुशी वनेका थिए । तर सोँचे अनुसारको पानी नपरेपछि उनीहरु निरास बनेका हुन् ।
गुल्मीको पश्चिम क्षेत्र छापहिले, घमिर, मरभुङ्ग, सिर्सेनी, अर्जे, अमरपुर लगायतका क्षेत्रमा यस मौसममा प्रमुख खेती मानिने धान खेतीका लागि यतिवेला विउ राख्ने गरिन्छ । मान्छेलाई नै खानेपानीको समस्या परिरहेको यो मौसममा धानको विउ राख्न तथा अन्य वेमौसमी तरकारी खेती गर्न निकै समस्या परेको छ । असारमा रोप्ने धान खेतीको लागि यस क्षेत्रमा वैशाखभित्रै विउ राख्नुपर्ने हुन्छ । पानी पर्दा समयमा विउ छर्न नसकेको उनीहरुको दुखेसो रहेको छ । उचित समयमा खेती नगर्दा सोँचे अनुसारको उत्पादन नहुने तथा वाली नाली पनि रोग किराले आक्रमण गर्ने विढी संभावना हुन्छ ।
आकाश गर्जेको सुन्दा आकाशतिरै आँखा लगाएर वस्ने कृषकहरुमा मात्र होईन खानेपानीका उपभोक्ता, लघु जलविद्युतका उपभोक्ताहरुलाई समेत समस्या परेको छ । वन्द भएका कैयन लघु जलविद्युतका मेसिन अझै सञ्चालनमा आएका छैनन भने यता वारीमा लगाएको खेतीमा समेत सुक्दै गईरहेको छ । लामो समयसम्मको खडेरीले लगाईएको वाली समेत सुक्न थालेको कृषकहरुको गुनासो रहेको छ । त्यसो त खानेपानीका मुहानको संरक्षण तथा समयमा वृक्षारोपण समेत गर्न सकेमा केही समस्या न्यूनीकरण हुनेमा विज्ञहरुको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग