Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीले संविधान र संघियता चाहेको छैन ः भण्डारी

Published on 2:17:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख २१ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले एकीकृत नेकपा माओवादीले अहिले पनि संविधान नचाहेको र संघियता मान्न तैयार नरहेको आरोप लगाउनुभयो । माओवादीले जातीय नारा वाँडेर यस अघि संविधान वन्न नदिएको आरोप लगाउँदै नेता भण्डारीले अहिले पनि उसले चुनाव र संघियता नचाहेको दावी गर्नुभयो ।

शनिवार नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं. १ गुल्मीको आयोजनामा शान्तिपुरमा आयोजित आमसभालाई सम्वोधन गर्दै नेता भण्डारीले यस्तो वताउनुभएको हो । मुलुकमा संविधान निर्माण तथा शान्ति स्थायित्व कायम गर्नका लागि काँग्रेस लागिपरिरहेको उहाँले वताउनुभयो । नेता भण्डारीले नेपाली काँग्रेसले कुनै जातीय आधारमा नभई वहुपहिचान सहितको संघियता चाहेको र सोही मान्यतालाई लिएर अगाडी वढिरहेको वताउनुभयो । जातीयताका विषयमा माओवादीले जति कुरा गरेपनि त्यो भ्रम मात्र रहेको वताउनुभयो । त्यस्तै नेपाली काँग्रेसका केन्द्री सदस्य युवा नेता गगन थापाले नेपाली काँग्रेसको पक्षमा चुनाव नतिजा नआउँदासम्म नेपालमा संविधान नवन्ने र आर्थिक संवृद्धि पनि हुन नसक्ने वताउनुभयो । उहाँले मंंसिरमा चुनाव हुने भन्दै चुनावको तैयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । माओवादीले जनताको संविधान निर्माण गर्ने भन्दै द्धन्दकालमा १७ हजार सर्वसाधारणलाई मारेको जवाफ दिनुपर्ने वताउँदै युवा नेता गगन थापाले ती शहिदहरुको रगतलाई सम्झेर अवको संविधानसभाको चुनावमा जसलाई मन लाग्छ उसको पक्षमा भोट हाल्न आग्रह गर्नुभएको थियो । काँग्रेसको नेतृत्वमा मात्रै लोकतान्त्रिक संविधान निर्माण हुने वताउँदै थापाले काँग्रेसको विकल्प नरहेको दावी गर्नुभयो ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष प्रदिप पौडेल, संघका केन्द्रीय सदस्य मोति भण्डारी, युवा विद्यार्थी नेता कुन्दन काफ्ले, नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद, जिल्ला सचिवहरु विष्णु बलाल, छन्दवहादुुर पहराई, नेता त्रैलोक्यप्रताप सेन, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल विद्यार्थी संघका जिल्ला उपसभापति निरोज मरासिनी, महासमिति सदस्य हिरामणी अर्याल, हरि भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वैशाख २१ गते शान्तिपुर जाऔँ, नेपाली काँग्रेसको विशाल आमसभालाई सफल पारौँ भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त आमसभाको अध्यक्षता क्षेत्रीय सभापति पारिश्वर ढकालले गर्नुभएको थियो भने महासमिति सदस्य वेद थापा मगरको स्वागत मन्तव्य तथा जिल्ला सदस्य पृथवहादुर फौदारको सञ्चालन रहेको थियो । आमसभाको अवसरमा दिपेन्द्र गुरुङ्ग सहित १७ जना व्याक्तिहरु नेकपा एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि भण्डारी र विशेष अतिथि थापाले अविर तथा माला लगाएर स्वागत गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं. १ ले आयोजना गरेको उक्त कार्यक्रममा पार्टी तथा त्यसका भातृ संगठनहरुका जिल्ला एवं गाउँ स्तरका नेता तथा कार्यकर्ताहरु एवं सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग