Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देशकै उदियामान बैंकर जीसीको १३औँ पुण्य तिथी सम्पन्न

Published on 3:17:00 PM //


प्रेम सुनार
गुल्मी, बैशाख २२ । गत बैशाख ११ गते पाल्पा गाडी दुर्घटनामा परी मृन्यु भएका किष्ट बैंकका बोर्ड डाईरेक्टर ज्ञानबहादुर जिसीको आज उनको पुख्र्यौली घर गुल्मीको हस्तिचौरमा १३ दिनको पुण्य तिथी गरिँदै छ ।

१३ औं दिनको पुण्य तिथीका दिन आज स्थानिय समाज सेवीहरुले देश र समाजका लागि उनले गरेको योगदानको चर्चा गर्दैछन् । वडागाउँ गाविस वडा नम्वर ५ पेंगामा स्वर्गिय टिकाबहादुर जिसी र माता हुमकला जिसीको कोखबाट २०३० साल साउन १२ गते जन्मिएका जि.सी र उनका दाजु हाल हस्तीचौर ७ रातडाँडामा बस्दै आएका छन् ।

नेकपा एमाले नेता प्रदिप ज्ञवालीले स्व. जीसी गुल्मीका लागि मात्र नभई देशकै एउटा उदियामान बैंकर, आर्थिक विश्लेषक र उद्यमी गुमाउनुु परेको बताए ।

‘गुल्मेलीका लागि मात्र होईन जि.जी.लाई गुमाउनु देश कै क्षति हो गुल्मी विकास बैंकका ऋण अधिकृत योगेन्द्र रायमाझीले भने ‘देशकै एउटा आर्थिक धरोहर ढल्यो ।’ एमाले जिल्ला सचिव सोमनाथ सापकोटा, उनका दाजु भाई मध्यका एक पेंगाका कर्णद्धवज जि.सी लगायतले गुल्मीमा त्यस्ता उद्यमशिल र कलिलो उमेरमै त्यति ठुलो प्रगति गर्ने मानिस विरलै जन्मीने प्रतिकृया दिए ।
३९ वर्षकै छोटो उमेरमा नेपालको बैंकिङ्ग तथा पुँजी वजारमा आफुलाई स्थापित गर्न सफल जि.सी, आफ्नै मेहनत र परिश्रमले यो स्तरको सफलता प्राप्त गर्ने गुल्मीका बिरलै ब्याक्ति मध्य एक भएको गुल्मीवासीको चर्चा छ ।

भारतको मुम्बई विश्व विद्यालयबाट वि.कम.उत्तिर्ण गरी भारतबाटै सन २००१ मा चार्टर्ड एकाउण्टेन्सी गरेका जि.सी.नेपालको पहिलो मर्चेन्ट बैकिङ्ग कम्पनी एलिट क्यापिटल लिमिटेडको संस्थापक र हाल कार्यकारी निर्देशक समेत थिए ।

नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकका रुपमा विदेशी विनिमय संचित ब्यबस्थापन कार्यमा ५ वर्ष, लेखा, बैकिङ्ग, विमा, पुँजी बजार लगायतका क्षेत्रमा १४ वर्ष भन्दा बढिको अनुभव प्राप्त गरी अवकाश लिएका जि.सी.नेपालको वित्तिय क्षेत्रको अग्रणी संस्था किष्ट बैंक लिमिटेड, हथवे ईन्भेष्टमेण्ट नेपाल लिमिटेड, काठमाडौँ फन पार्क प्रा.लि., स्काईटच ईन्भेष्टमेन्ट एण्ड कन्सलटेण्ड प्रा.लि., एस. आर. हाईड्रो प्रा.लि., लगायतका संस्थाहरुको समेत सञ्चालक थिए ।

तिन भाई मध्ये दाजु रामबहादुरकोसंगै दुर्घटनामा ज्यान गएको छ भने अर्का दाजु मानबहादुर जि.सीका उनी कान्छा भाई थिए । उनको २०५८ साल मंसिर २१ गते नेकपा एमाले नेता गोकर्ण विष्टकी बहिनी उमासंग विवहा भएको थियो । छोरी आस्थाको त्यसै दुर्घटनामा ज्यान गए पनि श्रीमती उमा र छोरा सिद्धार्थ अनि गगन विष्टका छोरा सिद्धान्त बाँच्न सफल भए ।

त्यस दुर्घटनामा विष्टकी भाई बुहारी एवं प्रेश चौतारी नेपालका पुर्व अध्यक्ष गगनविष्टकी धर्म पत्नी लताको पनि ज्यान गएको थियो । एकै परिबारका ४ जना आफन्तको ज्यान लिएको त्यो घटनाले गुल्मीबासी अहिलेसम्म शोकाकुल छन् भने ज्ञानबहादुर जि.सी जस्ता देशकै उदियामान बैंकर उद्यमी गुमाउनु पर्दा देशलाई नै ठुलो क्षति महसुश हुन पुगेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग