Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थीका लागि अक्षयकोष स्थापना

Published on 3:49:00 PM //

पि.एम.मगर
गुल्मी, जेष्ठ ०४ । नेपाल बैंक लिमिटेड रुपन्देहीमा कार्यरत रामवहादुर कुवँरले गुल्मी हस्तीचौर गाविस गुर्बामा रहेको रातचौर प्राथमिक विद्यालयमा विद्यार्थी छात्रवृति अक्षयकोषको स्थापना गर्नुभएको छ । उहाँले गत विहीवार एक कार्यक्रमका विचमा २० हजार २ सय ७ रुपैयाँको छात्रवृति अक्षयकोषको स्थापना गर्नुभएको हो । सोही अवसरमा अक्षयकोष स्थापना गर्ने कुवँर दम्पत्तीलाई दोसल्ला, कदरपत्र तथा अविरले सम्मान समेत गरिएको थियो ।
सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि शिक्षाप्रेमी एवं नेपाली काँग्रेसका गाउँ सभापति शेरवहादुर कुँवरले विद्यालयमा स्थापित यस अक्षयकोषले विद्यार्थीहरुलाई अध्ययनप्रति थप लगनशील वनाउन टेवा पु¥याउनुका साथै गरिव तथा विपन्न विद्यार्थीहरुलाई सहयोगी वन्ने आशा व्यक्त गर्नुभयो । साथै उहाँले छात्रवृतिको स्थापना गर्ने कुवँर दम्पत्तीलाई सम्मान गर्दै आभार समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष धनिश्वर पन्थीले पनि वधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमवहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका सिता जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक दिपक कुवँरले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग