Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रामराज्यको ब्यवस्थापन समितीमा चन्द्र बहादुर

Published on 11:25:00 AM //

संगिता कुवँर
गुल्मी, बैशाख ४ ।  रामराज्य उच्च माध्यमिक बिद्यालय दोहोली ५ गुल्मीमा बिद्यालय ब्यवस्थापन समिति गठन भएको   छ ।
जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि तथा अबिभावकहरुको उपस्थितिमा ८ सदस्यीय बिद्यालय ब्यवस्थापन समिति गठन भएको हो । २ जना पछि मनोनित गर्ने गरि गठन भएको समीतिको अध्यक्षमा चन्द्र बहादुर महत रहनुभएको छ । त्यस्तै सदस्यहरुमा  लक्ष्मण बिष्ट, केशव रिजाल, दुर्गादेवि दर्लामी, कृष्ण प्रसाद रिजाल, लंक बहादुर बस्नेत, फुलमति रिजाल रहनुभएको छ । सदस्य सचिवमा बिद्यालयका प्रधानाध्यपक लाल बहादुर कुँवर रहनुभएको छ । समिति सर्वसम्मत रुपमा गठन भएको हो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक झबिलाल बिक, स्रोत ब्यक्ति कल्पना भण्डारी तथा गाउँ शिक्षा समितिका अध्यक्ष भिम प्रसाद पोख्रेलको उपस्थिति रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग