Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्याम्पसमा छात्रा संघको इकाई समिति गठन

Published on 9:53:00 PM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ६ ।  नेपाल बिद्यार्थी संघ रेसुङगा बहुमुखी क्याम्पसको आयोजनामा छात्रा संघको गठन गरीएको छ । बिबिएस प्रथम बर्षको समुह ए र बि मा संघको गठन गरीएको हो । समुह ए मा रिता पाण्डेको सभापतित्वमा ११ सदस्यीय संघको गठन गरीएको छ । जसको उपसभापतिमा उषा पन्थी,सचिवमा शोभा पन्थी, सहसचिबमा करिष्मा अर्याल,कोषाध्यक्षमा अन्जना प्रोख्रेलले लगाएतका सदस्य रहनुभएको छ ।त्यस्तै समुह बि मा सुस्मा श्रेष्ठको सभापतित्वमा १८ सदस्यीय छात्रा संघको गठन गरीएको हो । उपसभापतिमा कमला भण्डारी, सचिवमा जमुना पौडेल, सहसचिबमा पम्फा भुसाल,कोषाध्यक्षमा बिष्णु केसी लगाएतका सदस्य रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका स्ववियु सदस्य प्रदिप अर्यालले आसन्न स्वबियु चुनावमा नेबिसंघलाई जिताउन समेत अनुरोध गर्नुभएको थियो । रिता पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा स्वबियु सदस्य झबिन्द्र पाण्डे, निवर्तमान इकाई सचिव निर्मला पन्थी इकाई सहसचिव बिशाल केसी इकाई सदस्य नेत्र पाण्डे लगाएतको बिशेष उपस्थीति रहेको थियो ।कार्यक्रम माया बस्नेतको स्वागत मन्त्व्य एवम पार्वती केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग