Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चारतारेको गाबिस स्तरीय सञ्जाल हस्तिचौरमा

Published on 9:55:00 PM //


संगिता कुवंर
गुल्मी, जेष्ठ ५ । चारतारे युवा क्लब, जिल्ला शाखा गुल्मीले जिल्लाको हस्तिचौर गाबिसमा पनि गाबिस स्तरीय सञ्जाल विस्तार गरेको छ ।
हस्तिचौर गाविसको हपुर्कोटमा सम्पन्न एक भेलाले टिका कुवँर निर्देशक रहने गरी ३५ सदस्यीय गाबिस स्तरीय सञ्जालको गठन गरेको हो । सञ्जालको उपनिर्देशकमा अमृता मरासिनी, महानिर्देशकमा तुलसा पोखरेल, सचिवमा गिता रेश्मी, कोषाध्यक्ष रुपा सारु लगाएत अन्य सदस्य रहनुभएको छ । सञ्जालले महिला सशक्तिकरण सम्वन्धि विभिन्न खालका कार्यक्रम सञ्चालन गर्ने, महिलाको बचत गर्ने बानीको बिकास गर्ने तथा ब्यक्तिगत बचतमा प्रोत्साहित गर्ने उद्धेष्यका साथ अगाडी वढ्ने निर्देशक टिका कुवँरले बताउनुभयो ।
भेलामा गाबिस भित्र सञ्चालित १३ केन्द्रका प्रमुख तथा उप–प्रमुखको उपस्थिति रहको थियो । कार्यक्रममा गाबिस भित्र सञ्चालन भएका केन्द्रहरुको गतिबिधी एवं प्रगतिका बारेमा छलफल समेत भएको थियो । त्यस्तै बर्तमान र निर्वतमान प्रतिनिधीहरुले सुझावहरु सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गुल्मी शाखा प्रवन्धक रमा तिमिल्सिनाको अध्यक्षता, तारा कुवँरको स्वागत मन्तव्य एवं टिका पाण्डे र सिर्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग