Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयका ‘टप टेन’ एसएलसीमा फेल

Published on 3:00:00 AM //

काठमाडौं, असार ११– चार वर्षदेखि प्रथम विद्यार्थी नै एसएलसीमा असफल भएपछि गुल्मी रिडीस्थित संस्कृत तथा साधारण विद्यालयका शिक्षक र अभिभावक निराश भएको हिजो सोमबारको नागरिक दैनिकमा खबर छ ।
उनीहरुको निराशा यो वर्ष झनै बढेको छ । ‘यस वर्ष परीक्षामा सहभागी ३८ विद्यार्थीमध्ये रोल नं. १ देखि १० सम्मका सबै फेल भए,’ विद्यालयका शिक्षक श्रीकृष्ण उपाध्यायले भने, ‘त्यसपछिका ८ विद्यार्थी चाहिँ उत्तीर्ण भएका छन् ।’ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा भेटिएका उनले अधिकांश विद्यार्थी गणितमा अनुत्तीर्ण भएको बताए ।
एसएलसीमा सहभागी प्रथम विद्यार्थी कैलाश रानाले ऐच्छिक गणितमा ९२ नम्बर ल्याएका छन् तर अनिवार्य गणितमा ७ नम्बर मात्रै पाए । अन्य विद्यार्थीले पनि गणितमा १० नम्बरभन्दा माथि पाएका छैनन् । ‘अन्य सबैमा फस्ट डिभिजन नम्बर छ,’ उपाध्यायले भने, ‘तर गणितमा मात्र यस्तो भयो ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग