Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार गर्ने पैसा नभएपछी विरामीलाई अस्पातलबाट घरमै ल्याईयो

Published on 10:05:00 AM //

पि.एम.मगर
गुल्मी, असार ९ गते । गुल्मी हस्तिचौरका रमेश घिमिरे यतिवेला आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि घरमै वस्न वाध्य भएका छन् । कान्ति बाल अस्पतालमा उपचार गराउँदै आएका घिमिरेको थप उपचारका लागि आर्थिक अभाव उत्पन्न भएपछि घर फर्किन वाध्य भएका हुन् ।
घिमिरेको उपचारमा आफन्तजनले गरेको सहयोग रकम र आफुहरुसंग भएको रकम खर्चेर अहिले पछिल्लो समयमा केही सुधार आएपनि थप उपचारका लागि आर्थिक अभाव भएको वावु रामलाल घिमिरेले बताउनुभयो । गहभरि आँसु लिँदै ब्लड क्यान्सर  पिडित रमेशका बुवा घिमिरेले थप उपचारका लागि धेरै खर्च लाग्ने भएकोले अहिले बाध्य भएर घरमा ल्याउनु परेको दुखेसो पोख्नुभयो । साथै उहाँले सवैले सहयोग गरि आफ्नो छोराको ज्यान वँचाई दिन आग्रह समेत गर्नुभयो ।
घिमिरेको स्वास्थ्य उपचारमा सहयोगको लागि राजधानी स्थित रास्ट्रिय बाणिज्य बैँक महाराजगञ्ज शाखामा खाता खोलिएको र सहयोग गर्न चाहनेले सो वैँकको बचत खाता नं.३५२४७ मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ भने प्रत्यक्ष रुपमा मोवाईल नं. ९८४७३५९५२९ मा पनि सम्पर्क गरि सहयोग गर्न सकिने व्यवस्था मिलाईएको छ । हस्तिीचौर गाबिस वार्ड नं. ८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा पढ्दै गरेका रमेश घिमिरे उपचारकै क्रममा रहेका कारण गएको चैत्र महिनामा सञ्चालित एसएलसी परीक्षामा सहभागी हुन पाएका थिएनन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग