Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुकुम केन्द्र बनाएर ५ दशमलव ५ रेक्टरको भुकम्प, २० बढी घाइते

Published on 4:32:00 AM //

कृष्ण प्रसाद गौतम
रुकुम, असार १४ । रुकुम जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ ५ दशमलव ५ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको छ । जिल्लामा अहिलेसम्म महसुस गरिएका भुकम्पको धक्कामध्ये यो सबैभन्दा ठूलो हो ।
जिल्लाको रुकुमकोटदेखि दक्षिण-पश्चिम भेगलाई केन्द्र बनाएर साँझ ५ बजेर २५ मिनेटमा ५.५ रेक्टर स्केलको भुकम्प आएको राष्ट्रिय भुकम्प मापन केन्द्रलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए । भुकम्पको धक्का रुकुम आसपासका १५ भन्दा बढि जिल्लाहरुमा महसुस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भुकम्पका कारण जिल्लाभरमा एक दर्जनबढी घरहरु भत्किएका छन भने २० भन्दा बढि स्थानीयबासीहरु भुकम्प पछिको भागदौडमा घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुकम्पले प्रहरी चौकी सोलाबाङको भबनमा क्षति पुगेको छ ।
भुकुम्पले अर्मा, नुवाकोट, पेउघा, मुरु, खारालगायतका गाविसहरुका कही घरहरु चर्किएका छन् । भुकम्पको धक्का रुकुमसहित सल्यान, जाजरकोट, दाङ, रोल्पा, गुल्मी लगायतका जिल्लाहरुमा अनुभव गरिएको थियो । यहाँका सबै गाविसहरुमा भुकम्पको धक्का गरिएकाले स्थानियहरु आतंकित बनेका छन । भुकम्पपछि पनि जिल्लाभरका स्थानियहरु फेरी आउने डरले घर छोडेर बाहिरै जम्मा भएका छन । स्थानियहरु बिभिन्न स्थानका खुल्ला चौरहरु,सार्वजनिक स्थानमा जम्मा भएको प्रहरीले जनाएको छ ।
रुकुममा अघिल्लो असारयता ९ पल्ट भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन केन्द्रलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको पूर्ण विवरण नआईसकेकाले प्रहरी परिचालन गरेर थप क्षतिको बिबरण संकलन गरिरहेको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जनाए । ‘भुकम्पका कारण ठूलो अप्रिय घटनाभने भएको छैन,’ प्रहरी नायब उपरिक्षक भट्टले कान्तिपुरसित भने, ‘क्षतिको बिबरण संकलनका लागि मातहतका सबै प्रहरी कार्यालयहरुलाई परिचालन गरिएको छ ।’ -कान्तिपुर दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग