Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी बसपार्कमा आधुनिक शौचालय बन्ने

Published on 4:27:00 AM //

रुरु नेटवर्क
रिडी, आषाढ १४ । रिडी बजार ब्यबस्थापन समितीको पहलमा रिडी बसपार्कमा आधुनिक शौचालय बन्ने भएको छ । कुल ५ लाख रुपैँयाको लागतमा निर्माण गर्न लागिएको उक्त शौचालय स्नान गृह सहितको बन्ने भएको हो । आधुनिक र ब्यबस्थित तरिकाले बनाउन लागिएको उक्त शौचालयमा निश्चित शुल्क तिरेपछी दिशापिसाबका साथ-साथै नुहाउन पनि पाइने छ । शौचालय निर्माणका लागि नेपाल खानेपानी संस्थान, गुल्मीले रकम उपलब्ध गराने भएको छ भने रकम अपुग भएमा थप रकम बजार ब्यबस्थापन समिती र रुरु गाबिसले संयुक्त रुपमा उपलब्ध गराउने भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग