Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गा श्रीस बने "परिवर्तन तारा २०१३"

Published on 11:26:00 PM //

कबिता घर्ती मगर
बुर्तिबाङ, असार १६ । बागलुङको पश्चिम बुर्तिबाङमा रहेको सामुदायिक रेडियो परिवर्तनद्वारा सञ्चालित "परिवर्तन तारा २०१३" को शनिबार फाईनल अडिशन सम्पन्न भएको छ ।

स्थानीय प्रतिभाको पहिचान अनी सम्मान भन्ने नाराका साथ २०६९ चैत्र महिनादेखि सुरु गरिएको परिवर्तन ताराको पहलो अडिशन बागलुङको बुर्तिबाङ, भीमगीठे, गुल्मीको छापहिले र अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएपछि बुर्तिबाङमा अन्य चारवटा अडिशनहरु सम्पन्न भएका थिए ।
कुल १ सय ७ जना प्रतिस्पर्धीको सहभागीता रहेको परिवर्तन ताराको विभिन्न चार चरणको प्रतिस्पर्धाबाट छनौट भएका टप पाईभ अन्तरगतका प्रतिस्पर्धीबाट बुर्तिबाङ स्थित बुद्ध हाईभिजन हलमा फाईनल अडिशन सम्पन्न भएको हो ।
सामुदायिक रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र निरासीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ संगीतकार तथा नेपाल आइडियलका प्रमुख ओम प्रकाश राई तथा गायक एवं संगीतकार राजेन्द्र बजगाईले मुल्यांकनमा सहजीकरण गनूभएको थियो ।
टपफाईभमा पर्न सफल बागलुङ जलजलाका दुर्गा श्रीस, गुल्मीकी ज्ञानु घर्ति, तनहुँ हाल ईलाका प्रहरी कार्यालय भीमगीठेमा कार्यरत दिपेन्द्र मल्ल, बागलुङ खुँगाका सुमन सुनार र बागलुङ बुर्तिबङका सुरज विश्वकर्माबीचको प्रतिस्पर्धाबाट बागलुङ जलजलाका दुर्गा श्रीस परिवर्तन तारा बन्न सफल भएका छन् ।
 फाईनल अडिशनमा वलिया प्रतिस्पर्धीका रुपमा रहेका सुमन सुनार तथा परिवर्तन तारा घोषित दुर्गा श्रीसलाई संगीतकार ओम प्रकाश राईले नेपाली चलचित्र सुटआउटमा गीत गाउने अवसर दिने कार्यक्रमकाबीच घोषणा गर्नुभएको छ भने उता एक मात्र महिला प्रतिस्पर्धी ज्ञानु घर्तिलाई लोकदोहोरी गायक भीम थापा मगरले तत्काल बजारमा आउने आफ्नो लोकदोहोरी गीतमा महिलाको आवाजमा गाउने अवसर दिने घोषणा गर्नुभएको छ ।
प्रतिस्पर्धाबाट सबैलाई उछिन्दैे परिवर्तन तारा बन्न सफल श्रीसले नगद रु १५ हजार तथा  जिन्सी पुरस्कार प्राप्त गरेकाछन् । रेडियो परिवर्तनले परिवर्तन ताराका लागि नगद तथा जिन्सी गरी ५० हजार बराबरको पुरस्कारको व्यवस्था गरेको थियो । स्थानीय प्रतिभाहरुको पहिचान र सम्मान गर्ने उद्देश्यले रेडियो परिवर्तनले आयोजना गरेको यस कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने र टप पाईभमा पर्ने सबै प्रतियोगीगीहरुलाई परिवर्तन तारा नामक गीति एल्बममा गीत गाउँने व्यवस्था समेत मिलाइएको रेडियो परिवर्तनका अध्यक्ष लोकेन्द्र निरासीले बताउनुभएको छ ।
सबै टपफाईबमा पर्नेले गाइएको गीति एल्वम परिवर्तन ताराको आगामी बडा दशैंको कोजाग्रत पूर्णिमा मेलाका अवसरमा बुर्तिबाङमा विषेश कार्यक्रमको आयोजना गरि विमोचन गरिने भएको छ । साथै सोही अवसरमा टप टेन लगायत टप फाईबमा पर्ने सबैलाई विषेश सम्मान तथा पुरस्कृत समेत गरिने छ ।
कार्यक्रम रेडियोका स्टेशन म्यानेजर राम सुवेदीको स्वागत मन्तव्य तथा प्रस्तोता प्रशान्त घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग