Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपल्लो भुवाचिदी-बडागाँउ जोड्ने पुल सम्पन्न (फोटो फिचर)

Published on 3:05:00 AM //

रविलाल पौडेल
भुवाचिदी, असार १६ । कुर्घाको उपल्लो भुवाचिदीदेखि बडागाँउ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
उपल्लो भुवाचिदी झोलुंगे पुल उपभोक्ता समितिका अध्क्षय राम बहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वयोबृद्ध भिम बहादुर खड्काले रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।

कुल ३१ लाख २१ हजार ८ सय ३७ रुपैँयाको अनुमानित लागतमा निर्मित पुलको उद्घाटन कार्यक्रममा बिशेष अतिथि जि.वि.स गुल्मीका सब इन्जिनियर चंद्रबिर थापा, TBSU बुटवल का इन्जिनियर रामपति कण्ठ, सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीका सामाजिक परिचालक पुनाराम पाण्डे लगायतले पुलको संरक्षणमा कडाईका साथ लाग्न स्थानियलाई अनुरोध गर्नुभएको थियो । पुल निर्माण पस्चात बडागाउँ, कुर्घा र वामिटक्सार गरी तीन गाविसका करिब ३२ सय ४० जना लाभान्वित हुने सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीले जनाएको छ । पुल उद्घाटन कार्यक्रमको संचालन शिक्षक दधिराम शर्माले गर्नुभएको थियो भने स्वागत मन्तब्य पुर्णालाल आचार्यले राख्नुभएको थियो ।
हेरौँ पुल उद्घाटन कार्यक्रमका केही तस्बिरहरु:










भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग