Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले गुल्मी २ को पार्टी परिचालन अभियान सम्पन्न

Published on 10:28:00 AM //

प्रेम सुनार
असार ५, गुल्मी । गत एक महिना देखि पार्टी परिचालन अभियान सञ्चालन गरेको नेकपा एमाले गुल्मीले क्षेत्र नम्वर २ को अभियान सम्पन्न भएको जनाएको छ । क्षेत्रिय कमिटी अध्यक्ष खडग के.सी.द्धरा जारी विज्ञप्तीमा यस्तो जानकारी गराईएको हो । उनको अध्यक्षतामा पार्टी कार्यालय मदन आश्रृत स्मृति भवनमा बसेको क्षेत्रिय कमिटी बैठकले क्षेत्र नम्वर २ का गाउँदेखि वडातह सम्मका संगठनहरु ब्यवस्थीत रहेको दावि गरिएको छ ।
आगमी संविधान सभा चुनावका लागि सो पार्टीद्धरा सञ्चालित राष्ट्रिय अभियानका केन्द्रिय प्रतिनिधी धनेन्द्रराज घिमिरेको प्रमुख आतिध्यतामा सम्पन्न बैठकले एमालेका्े निति, एमाले कै नेतृत्व राष्ट्रिया अभियानका क्रममा क्षेत्र नम्वर २ को अभियान प्रभावकारी रहेको निष्कर्श निकालिएको छ । त्यस क्रममा अन्य पार्टीबाट एमालेमा प्रवेश गरेको, साधरण जनता सम्मको घर दैलोमा पुगिएको, सदस्यता वितरण, जन वर्गिय संगठन सम्म गठन पुनर गठन सम्पन्न भएको विज्ञप्तीमा उल्लेख छ । बैठकमा राष्ट्रिय अभियानका सह प्रतिनिधी निलकण्ठ गौतम, अञ्चल सदस्य कौशल पोखरेल, जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा, जिल्ला सदस्यहरु जंग नेपाली र कृष्ण बिश्वकर्माको सहभागिता थियो । २ नम्वर क्षेत्रिय कमिटीको दोश्रो अधिवेशन असार ८ गते बस्ने भनिएकोमा सोही दिन पार्टी केन्द्रिय कमिटीको बैठन परेकोले मौसम प्रतिकुलताका कारण स्थगित गरिएको जनाईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग