Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'नेता' शैलीमा यसरी भाषण गरे पूर्वराजा ज्ञानेन्द्रले, सुनौँ उनको भाषण (अडियोसहित)

Published on 2:52:00 AM //

जनकपुर, असार ५ - पूर्वराजा ज्ञानेन्द्र शाहले 'नेता' शैलीमा बिहीवार यहाँको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजित अभिनन्दन समारोहलाई भाषण गरेका छन् ।
झण्डै आठ मिनेटको सम्बोधनको क्रममा उनले मुलुकको विद्यमान राजनीतिक अवस्था बारे खुलेरै बोले भन्ने वैदेशिक रोजगारी, विकास निर्माण तथा समावेशीकरणको विषयमा पनि टिप्पणी गरे । पूर्व राजा ज्ञानेन्द्रले अप्रत्यक्ष शाही शासनकालमा भएका काम कारवाहीको आत्मआलोचना समेत गरेका थिए ।
धनुषा नागरिक समाजको नाममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव,मठिहानी मठका मान महन्थ जगन्नाथ दास वैष्णवसहितका साधु सन्त तथा राजावादीहरुले आयोजन गरेको नागरिक अभिनन्दन समारोहलाई संवोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले कुनै व्यक्ति र राजनीतिक दलको नाम नलिए पनि सांकेतिक रुपमा मुलुकको गंजागोल राजनीतिक अवस्थाको विषयमा खुलेरै बोलेका थिए ।
मुलुकको विद्यमान राजनीतिक अवस्थाको विषयमा उनको टिप्पणी थियो । 'नारा र योजना निकै उच्च खालका दिइए पनि धरातल र व्यावहारको प्रचलनमा हेदौ आज उराठ लाग्दो अवस्था देखिन्छ,' उनले भने ।
तराई भ्रमणको क्रममा आफूले आम नागरिकलाई निरास र दुःखी पाएको उल्लेख गर्दै उनले जनताको दुखमा आफू सधैँ दुःखी हुने गरेको बताए । पछिल्ला दिनमा युवा युवतीहरुको विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै रोजगारीको अवसर सृजना गरेर विदेशिएकाहरुलाई समेत फर्काउनु पर्ने सल्लाह दिए ।
मुलुकमा घटदो साम्प्रदायिक सदभावप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाली नेपाली बीचको एकता र मौलिकता कायम राख्न अपिल पनि गरे । 'कोही संग काखा पाखा गर्नु हुँदैन,' उनले भने, 'मुलुकमा विद्यमान विभिन्न भाषा,सनातन धर्म, विधि विधानलाई कुनै पनि कारणले लोप हुन दिनु पर्दैन ।'
पूर्व राजा ज्ञानेन्द्रले मुलुकको एकता तथा मौलिकतालाई रक्षा गर्न समावेशीको नितिले राष्ट्र विकासमा लाग्नु पर्ने बताए । उनले राज्य संस्थाले गरेको गलत काम कारबाहीको अप्रत्यक्ष रुपले आत्म आलोचना समेत गरेका थिए । उनले भने, 'अतीतलाई एकोहोरो सरापेर र पुराना कुरालाई फालेर फलदायी हुन सक्दैन ।'
विहान ११वजे मोटरबाट जनकपुर आई पुगेका पूर्व राजा ज्ञानेन्द्र जानकी मन्दिरको दर्शन पश्चात स्थानीय मानकी होटलमा विश्राम गरेका थिए ।
अपरान्ह तीन वजेदेखि तिरहुतिया गाछीमा आयोजित अभिनन्दन कार्यक्रममा उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्ण तथा मठिहानी मठका मान महन्थ जगन्नाथ दास वैष्णवले अभिनन्दन गरेका थिए । अभिनन्दन कार्यक्रम चलि रहदा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको थियो ।
यसैबीच पूर्व राजाको भ्रमणलाई लक्षित गरी राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आह्वान गरेको बन्दको प्रभाव जनकपुरमा देखिएन । बन्दका आह्वानको वावजुद पनि कार्यक्रममा सयौंको उपस्थिति थियो । यता जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले कार्यक्रम आयोजकहरुमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । -ईकान्तिपुरबाट


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग