Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको बिद्युत समस्या समाधानको लागि काठमाडौँमा बैठक

Published on 10:53:00 AM //

ज्ञवा संचार, असार ६ । गुल्मीको विधुत नियमित गर्न र बिशेष कार्ययोजना तय गर्न काठमाडौँमा गुल्मी प्रतिनिधिहरुको टोलिले एक बैठकबीच मुख्य सचिब लीलामणी पौडेलसँग भेट गरेका छन् | मुख्य सचिवको कार्यकक्षमा पुगेर सो प्रतिनिधि मण्डलले बिद्युत कार्ययोजना सहित छलफल गरेको छ । छलफल सकारात्मक भएको गुल्मी प्रतिनिधि तथा सामुदायिक विद्युतीकरण केन्द्रीय सदस्य नारायण ज्ञवालीले बताउनु भएको छ ।
बैठकमा नेपाल सरकारका मुख्य सचिब लीलामणी पौडेल, नेपाले एमालेका पोलिटिब्युरो सदस्य प्रदिप ज्ञवाली, एनेकपा माओवादीका बुद्ध जिसि, नेकाँबाट भुवन श्रेष्ठ, राप्रपाबाट भरत चन्द, सामुदायिक बिद्युतमहासंघका महासचिब नारायण ज्ञवाली, उद्योग बाणिज्य संघबाट राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघबाट घनश्याम गौतम र भरत पाण्डे, राष्ट्रिय योजना आयोगका सचिब युबराज भुषाल, सहसचिब तोयनारायण ज्ञवाली, प्रेम नारायण कँडेल, नेपाल विधुत प्राधिकरणका महाप्रबन्धक उपेन्द्र भट्ट लगायतको उपस्थिति रहेको थियो । बैठकको संयोजन गुल्मीका प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले गर्नु भएको थियो ।

केन्द्रिय सदस्य ज्ञवालीले कार्यक्रममा प्रस्तुत भएका छलफललाई बुँदागत रुपमा यसरि जानकारी गराउनु भएको छ:

१. गुल्मीको विधुत अबरुद्ध हुनुको कारणबारे समिक्षा ।
२. गुल्मीमा जनसक्ती थप गर्न प्राधिकरणले आबश्यक ब्यबस्था मिलाउने
३. बिरबास सबस्टेसनको क्षमता बढाउन आबस्यक ब्यबस्था मिलाउने
४. बस्तु सबस्टेसन, हुँगा फिडर सामुदायिक विधुतिकरण लगाएत ठेकेदारको कामको अवस्था माग्ने र कार्य प्रगती नभएको भए अबिलम्ब गराउने
५. मजुवा स्टेसनको कार्यको बजेट व्यवस्था गर्ने
६. काली गण्डकीबाट बिरबाससम्म ११ केविए लाइन निर्माण गर्न बजेटको ब्यवस्था मिलाउने
७. गुल्मीमा १३२ केविए लाइन सहितको सबस्टेसन बनाउन बजेटको व्यवस्था मिलाउने
८. रिडीदेखी बिरबाससम्मको ११ केविए लाइन गुणस्तरीय बनाउने आदी |

लामो समय देखि गुल्मी जिल्लाबासीले बिद्युत कटौतीको समस्या भोगिरहेका छन् | बिभिन्न राजनीतिक दल, संचारकर्मी, उद्योग बाणिज्य संघ, स्थानिय संघसँस्था र बिद्युत प्राधिकरणको संयुक्त भेलामा बिद्युत प्राधिकरणले पटक पटक बिद्युत नकाट्ने सहमति जनाएपनि बिद्युत काट्दै आएपछि समस्या हल गर्न बिशेष कार्य योजना तय हुनुपर्ने माग राख्दै  डेलिगेसनको लागि गुल्मी प्रतिनिधि काठमाडौँ पुगेका हुन् |

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग