Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डेढ करोडको लागतमा निर्मित लघुजलविद्युत आयोजना पहिरोको जोखिममा

Published on 4:52:00 PM //

कविता घर्ती मगर
बागलुङ, असार ७ । बागलुङको निसी गाउँ विकास समिति वढा नं. ९ मा निर्माण गरिएको चरिवाङ लघु जलविद्युत परियोजना पहिरोको उच्च जोखिममा परेको बताइएको छ ।
परियोजनासँगै मध्य पहाडि लोकमार्ग जोडिएकाले सडक निर्काणकाक्रममा आसपासमा डोजर लगाएर खनिएपछि यस्तो समस्या आएको स्थानीयको भनाई रहेको छ । कुल ४ सय ८१ घरधुरीले उपभोग गर्दे आइरहेको  ४० किलोवाट क्षमता रहेको उक्त परियोजना निर्माणका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ईसापको आर्थिक अनुदान, धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको प्राविधिक सहयोगमा तीन वर्ष अगाडि निर्माण सम्पन्न भएको थियो ।
कुल डेढ करोडको लागतमा निर्मित परियोजना पावर हाउस माथिको सेलेट भत्किने सम्भावना बढेर गएको र यसप्रकारको जोखिमबाट कसरी बचाउने भन्ने विषयमा सम्बन्धित निकायलाई जानाकारी र सचेत पार्न आफूहरु लागिरहेको परियोजनाका अध्यक्ष कुम बहादुर घर्तिले बताउनुभएको छ ।
यसरी मोटरबाटो निर्माणकै कारण विद्युत पावर हाउस जोखिममा परेको भन्दै स्थानीयवासी चिन्तित भएकाछन् । पहिरोको उच्च जोखिममा रहेको भन्दै करिव करोड बढीको क्षतिहुने सम्भावना रहेकाले कसरी क्षतिबाट बचाउन सकिन्छ भन्ने हर प्रयास जारि राखिएको अध्यक्ष घर्तिले बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग