Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानीय जनताले आँफै बनाए काठेपुल

Published on 4:55:00 PM //

कबिता घर्ती मगर
बाग्लुङ, असार ७ । बागलुङको अधिकारीचौर गाउँ विकास समिति वडा नं. ५ स्थित चामुदुवार तथा खानीखोरियाका स्थानीवासीले आफ्नै सक्रियतामा दुईदिनको समय लगाएर काठेपुल निर्माण सम्पन्न गरेका छन् ।
बर्षायाम सुरु भएसगैं त्यस स्थानमा रहेको जनतालाई आवत जावतको समस्या हल गर्न भन्दै उनीहरुले आफूहरुले सकृय भएर स्थानीय धुपिचौर घाट र नजिकै रहेको खानीखोला लघु जलविद्युत आयोजनाको विद्युत पावर हाउसमा पुग्ने घाटमा काठे पुल निर्माण गरिएको बताइएको छ ।
यसरी निर्माण गरिएको काठेपुलबाट चामीदुवार र खानी खोरियामा रहेका कुल १ सय ६७ घरधरी लाभान्वित हुने भएकाछन् । साथै उक्त पुल निर्माण गरिएपछि ढोरपाटन तथा छ्यान्तुङजाने यात्रुहरुलाई समेत सहज हुने स्थानीय ज्ञान बहादुर सिर्पालीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग