Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सांघातिक हमाला गरी हत्या गर्नेलाई सर्बस्व सहित जन्मकैदको फैसला

Published on 2:36:00 AM //

कृष्ण बिसी
नवलपरासी, चैत्र ३० । चितवन जिल्ला अदालतले साङ्घातिक हमला गरी हत्या गरेको अभियोग लागेका तीनजनालाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । अरु पाँच जनालाई पाँच बर्षको जेल सजाय सुनाएको छ । जिल्ला न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले नारायणी यातायात ब्यवसायी समितिका कर्मचारी सन्तोष श्रेष्ठको हत्याको अभियोग लागेका महेश श्रेष्ठ, मनोज गुरुङ र रिजन श्रेष्ठलाई हिजो सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । हत्यामा संलग्न अन्य अभियुक्त विकासमान श्रेष्ठ, रवीन श्रेष्ठ, सुरेश श्रेष्ठ र नवीन भनिने विशाल लामालाई पा“च वर्षको जेल सजाय सुनाइएको छ ।
नारायणी यातायातका कर्मचारी सन्तोष श्रेष्ठमाथि २०६८ भदौ ८ गते नारायणगढको पोखरा बसपार्कमा साङ्घातिक हमला भएको थियो । भदौ १३ गते उपचारको क्रममा काठमाडौंमा उहाँको मृत्यु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग