Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका सबै बिद्यालयहरुको एस.एल.सी नतिजा (सबै बिद्यालयहरुको विवरण)

Published on 2:06:00 AM //

यसपालिको एस.एल.सीमा को बन्यो गुल्मी प्रथम? कस्ले कती अंक ल्याए?

प्रेम सुनार
गुल्मी, जेठ३०। जिल्ला शिक्षा कार्यालय, गुल्मीले तयार पारेको तथ्य विवरण अनुसार पहिलो पटक एस.एल.सी. परीक्षामा सहभागि खस्थोक मा.वि. मुसीकोटबाट १२ जना सहभागी मध्ये ११ जना उत्तीर्ण गराउन सफल भएको छ । तर केही वर्ष अघिदेखि परीक्षामा सहभागी रघुफेँदी मा.वि. अग्लुङ्ग भने निल भएको छ । उक्त बिद्यालयका कुल सहभागी ९ जनै अनुत्तिर्ण भएका छन् ।

त्यस्तै ईन्दिरा मा.वि. धुर्कोट रजस्थलमा सहभागि २० जना मध्ये १८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । पहिलो पटक सहभागि बुद्ध मा.वि. अर्खलेबाट १९ जनामा १७ उत्तिर्ण, रेसुङ्गा मा.वि. तम्घासबाट ४७ मा २१ उत्तिर्ण, सरस्वती मा.वि. नेटाबाट २४ मा १९ उर्तीण, हिमालय उ.मा.वि. वस्तुबाट ४१ मा ३२ उर्तीण, ग्वादी मा.वि. ग्वादीबाट ३५ मा २५ उर्तीण, शिवशंकर मा.वि. आँपचौरबाट ३० मा २१, शुक्र मा.वि. खड्गकोटबाट १२ मा ८, सिद्धबाबा उ.मा.वि. तम्घासबाट ७९ मा ५२, म्यालपोखरी मा.वि. गौडाकोटबाट २६ मा १७, अर्जै उ.मा.वि. अर्जैबाट ५७ मा ३७, जनसहयोग मा.वि. भार्सेबाट १७ मा ११, राष्ट्रिय मा.वि. थोर्गाबाट ३१ मा २० र लक्ष्मीपूर मा.वि. ठूलोलुम्पेकबाट १३ मा ८ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन् ।
उता जमल पोखरा मा.वि. छापहिलेबाट २० मा १२, जनसहयोग मा.वि. अर्खलेबाट ४९ मा २९, वाग्ला मा.वि. वाग्लाबाट ३६ मा २१, देउराली मा.वि खड्गकोटबाट ४२ मा २१, जनविकास मा.वि. पराल्मीबाट १४ मा ८, जनज्योति मा.वि पल्लिकोटबाट ३० मा १७, ज्ञानोदय उ.मा.वि. तुराङ्, मजुवाबाट १०९ मा ६१, पञ्चायन मा.वि. जैसिथोकबाट ४७ मा २६, सत्यवती उ.मा.वि. हँसराबाट ६६ मा ३६, दहभौखानी मा.वि. अर्वेनीबाट १३ मा ७, ह्वाङदी मेहाले मा.वि. ह्वाङ्दीबाट १७ मा ९, श्रृङ्गा जनता मा.वि.बाट ५३ मा २८, महिन डाँडा मा.वि. हर्दिनेटाबाट ४२ मा २२, नयाँगाउ उ.मा.वि नयाँगाउँबाट ३७ मा १९, रिडी उ.मा.वि, रिडिबाट ५३ मा २७, ने.रा.त्रि. मा.वि. मुसिकोटबाट २० मा ९, राजारुङ्खा मा.वि. गौँडाकोटबाट १८ मा ९, जनबोध उ.मा.वि वम्घाबाट ११९ मा ५९ जनाले गत बर्ष सन्चालित एस.एल.सी परिक्षामा उत्तिर्ण भएका छन् ।
जनज्योति मा.वि. पौदीअमराईबाट १७ मा १२, सरस्वती मा.वि. लिम्घाबाट २३ मा ११, जनज्योति मा.वि. रिमुवाबाट ४२ मा २०, छापहिले मा.वि.बाट १७ मा ८, शारदा विद्यामन्दिर वामीबाट ३२ मा १५, अमरपुरबाट ओमप्रकाश गौतम मा.वि.बाट ५४ मा २५, पृथ्वी मा.वि. वडागाउँबाट ६३ मा २९, मालिका उ.मा.वि. मरभुङबाट ७० मा २८, रामराज्य मा.वि. दोहोलीबाट ६२ मा २८, अग्लुङ्ग मा.वि.बाट २० मा ८, त्रिभुवन मा.वि. पराल्मीबाट १८ मा ८, सरस्वती उ.मा.वि. जोहाङबाट ३६ मा १६, सारदाबाट मा.वि अमरअर्वाथोकबाट १८ मा ८, महेन्द्र अदर्श उ.मा.वि. वामीबाट ८३ मा ३६, शारदा मा.वि. दिव्रुङबाट ७ मा ३, दुर्गाभवन मा.बी. छापचौरबाट ५२ मा २२ र आनन्दपुर मा.वि. इस्मा रजस्थल ४३ जनामा १८ जना उत्तिर्ण भएका छन ।

ईश्वरी उ.मा.वि. चारपालाबाट ५८ मा २५, मेहेले पोखरी मा.वि. म्यालपोखरीबाट ३६ मा १५, जोहाङ्ग रञ्जीत प्रसाद लालचन मा.वि.बाट २९ मा १२, जुनियाँ मा.विबाट १७ मा ७, उपल्लो तम्घास मा.वि.बाट ४४ मा १८, दुर्गा भवन मा.वि. आँपचौरबाट ३२ मा १३, सरस्वती मा.वि. चोँएगाबाट ३७ मा १५, जनता उ.मा.वि. अश्लेवाबाट ६१ मा २४, सितापुर मा.वि. अर्लाङ्गकोटबाट २३ मा ९, सूर्योदय मा.वि. जुभुङबाट ५४ मा २१, रुन्खादह उ.मा.वि. वीरवासबाट ८५ मा ३३, ने.रा.सर्वोदय मा.वि. पौँदीबाट ३४ मा १३, ज्ञवा बलेटक्सार मा.वि.बाट ५६ मा २१, सोमरभोमर मा.वि. हाडहाडेबाट २४ मा ९, पृथ्वी उ.मा.वि. पूर्कोटबाट १०० मा ३७, आर्दश उ.मा.वि. दिगामबाट ४९ मा १८, ग्वाघा मा.वि.बाट ३० मा ११, उदय उ.मा.वि शान्तिपूरबाट ७४ मा २७, जयखानी मा.वि.बाट ११ मा ४ जना उतिर्ण भएका हुन् ।

यसैगरी सदरमुकामसंग जोडिएको भाडगाँउ मा.वि.बाट २६ मा ९, हर्मीचैर मा.वि.बाट ३२ मा ९, जीवनाद्धार मा.वि. पूर्तिघाटबाट २४ मा ८, घोर्ले मा.वि. दुविचौरबाट ४५ मा १५, देविस्थान मा.वि. घमिरबाट ८२ मा २७, जनजाग्रिती मा.वि. हुँगाबाट ५६ मा १८, एकसिंङ् मा.वि. लिम्घाबाट २५ मा ८, देउराली मा.वि. हर्मीचौरबाट २२ मा ८, ने.रा मा.वि. इन्द्रेगौँडाबाट ३५ मा ११, नेटादर्लिङ् मा.वि.बाट ४८ मा १५, दिपक मा.वि भन्भनेबाट २९ मा ९, चिदीपानी मा.वि. जुनियाँबाट १३ मा ४, रियाले मा.वि. सिर्सेनीबाट ३६ मा ११, गणेश मा.वि. पिपलधाराबाट ६९ मा २१, सारदा मा.वि रुपाकोटबाट ४० मा १२, त्रिभुवन उ.मा.वि. कुर्घाबाट ६७ मा २० जना उतिर्ण भएको जिल्ला शिक्षा कार्यालयको विवरणमा उल्लेख छ ।

अर्खवाङ्ग मा.वि.बाट ४८ मा १४, भगवती मा.वि. वाग्लाबाट ५० मा १४, सरस्वती मा.वि. विशुखर्कबाट ११ मा ३, सारदा मा.वि. दिब्रुङबाट ३० मा ८, हिमालय उ.मा.वि. हस्तिचौरबाट ४१ मा १०, ठाडढुङ्गाबाट मा.वि. दर्लामचौर १७ मा ४, भगवती मा.वि. अर्वेनीबाट ४७ मा ११, हर्राचौर मा.वि.बाट ३५ मा ८, जनकल्याण मा.वि. फोक्सिङबाट ४४ मा १०, बाँझकेटेरी मा.वि.बाट ४२ मा ९, संस्कृत मा.वि. रिडीबाट ३८ मा ८, राम मा.वि. अश्लेवाबाट १६ मा ३, पदमबहादुर मा.वि. बलिथुमबाट १७ मा ३, धर्मपुर मा.वि. ठूलोलुम्पेकबाट ८५ मा १४, आत्मबोध मा.वि. मानकोटबाट ५६ मा ९, काभे्रपोखरी मा.वि. जुभुङबाट १९ मा ३, ने.रा. मा.वि. दौँघाबाट ३७ मा ५, निन्यूखर्क मा.वि. हाडहाडेबाट ४८ मा ७, पालुखा मा.वि. हस्तिचौरबाट २१ मा ३ जना मात्रै उतिर्ण भएका छन् ।
थाक्सीपोखरा मा.वि. बलिथुमबाट २३ मा ३, महेन्द्र उ.मा.वि. तम्घास खुला तर्फबाट २३ मा ३, देविस्थान मा.वि. हस्तिचौरबाट २४ मा ३, भगवती मा.वि. सिमीचौरबाट ६३ मा ६, पुर मा.वि. मलायगिरीबाट २६ मा २, राङबास मा.वि. सिमीचौरबाट २५ मा १ सबैभन्दा कम–चार प्रतिशत उत्तिर्ण भए  । सामुदायिक विद्यालयहरु मध्ये महेन्द्र उ.मा.वि. विद्यालय तम्घास ६२ जनामा ६० जना उत्तीर्ण अर्थात ९६.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । उक्त बिद्यालयले विशिष्ट श्रेणीमा ७ जना, प्रथम २९ जना, द्वितीय १ जना  उर्तिण गरेको हो । नाम चलेका  निजि विध्यालयसंग सो विध्यालयले प्रतिष्पर्धामा गर्दै आएको छ ।  निजी विध्यालयकै प्रतिष्पर्धामा रहेका छन् शिद्धवावा उच्च मा.वि.तम्घास र रेसुङ्गा माध्यामिक विध्यालय तम्घास पनि । जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले दिएको जानकारी अनुसार सामुदायिक तर्फ ४६.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने संस्थागत विद्यालयहरु तर्फ शतप्रतिशत उत्तीर्ण गर्ने चक्रेश्वर ई.बो. शान्तिपुर १६ मा १६, मालिका ई.बो. वामी १४ मा १४, न्यू सनसाईन ई.बो. अलाङ्गकोट ७ मा ७, अर्जुन आवासीय उ.मा.वि. ६८ मा ६८, रिडर्स पब्लिक हाईस्कूल ५८ मा ५८ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

रेसुङ्गा ई.बो. दरवारदेविस्थान २८ मा २७, आर्दश विद्याआश्रम तम्घास २३ मा २२, रुद्र गंगा ई.बो. २१ मा २०, भानु ई.बो. हर्राचौर १८ मा १७, पोलारिस ई.बो. मजुवा ३४ मा ३२, गौरीशंकर ई.बो.चारपाला १७ मा १६,  रेन्बो ई.बो.बलेटक्सार १३ मा १२ र गण्डकी ई.बो. तम्घास २४ मा १४ जना उत्तीर्ण भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग